अहमदाबाद, भारत – आईसीसी क्रिकेट विश्वकप २०२३ को १२औं खेलमा भारतले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा यस महाकाव्य खेल युद्ध आज शनिवार खेलिएको थियो ।
पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै १९१ रनको लक्ष्य दिएको थियो । भारतका बलरहरूले असाधारण कौशल र दृढ संकल्प प्रदर्शन गर्दै पाकिस्तानलाई ४२।५ ओभरमा १० विकेट गुमाएर १९१ रनमा सीमित गरे।
दोस्रो इनिङ्समा भारतले दमदार प्रदर्शन गर्दै आफ्नो दबदबा देखायो । लक्ष्य पछ्याएको भारतीय टोलीले ३०।३ ओभरमा मात्र ३ विकेट गुमाएर १९२ रन बनाउदै ७ विकेटको जित हासिल गर्यो।
खेलको म्यान अफ द म्याच रोहित शर्मा भए, उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ८६ रन बनाए ।
श्रेयस अय्यरले पनि आकर्षक खेल्दै ६२ बलमा ५३ रनको अविजित इनिङ्स खेले।
यस जित संगै, भारत आउदो बिहीबार बंगलादेशसँग भिड्ने तयारीमा छ, जबकि पाकिस्तान शुक्रबार अष्ट्रेलियासँग भिड्ने छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया