Friday, March 6, 2026
53.4 F
Washington DC.

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीद्वारा आफ्नो पार्टनरसँग १० वर्ष पुरानो सम्बन्ध समाप्त भएको घोषणा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र उनका पार्टनर एन्ड्रिया जियाम्बरुनो अलग भएका छन् । जर्जिया मेलोनीले शुक्रबार आफ्नो पत्रकार साथी एन्ड्रिया जियाम्बरुनोसँगअलग भएको बताएकी हुन । मेलोनीले आफ्नो सोशल मिडिया खाता एक्समा पोस्ट गर्दै लेखेकी छन् ‘एन्ड्रियासँग आफ्नो सम्बन्ध यहाँ समाप्त भयो’।

“एन्ड्रिया जियाम्बरुनोसँगको मेरो सम्बन्ध, जुन लगभग १० वर्षसम्म चलेको थियो, यहाँ समाप्त हुन्छ, ” मेलोनीले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन् । उनले अगाडि लेखिकी छन् – “हामीले सँगै बिताएका उत्कृष्ट वर्षहरूका लागि, हामीले भोगेका कठिनाइहरूका लागि, र मलाई मेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा दिनु भएकोमा म उहाँलाई धन्यवाद दिन्छु, जुन हाम्रो छोरी गिनेभ्रा हो”। मेलोनी लेख्छिन -“हाम्रा मार्गहरू केही समयको लागि फरक भएका छन्, र यसलाई स्वीकार गर्ने समय आएको छ”।

जियाम्बरुनोले महिलालाई लिएर विवादास्पद टिप्पणी गरेका थिए
जर्जिया मेलोनी र उनका पार्टनर एन्ड्रिया जियाम्बरुनो विवाहित थिएनन् र लामो समय देखि सँगै बस्दै आएका थिए । उनीहरुको सात वर्षकी छोरी छिन् । इटालियन फ्रि-टु-एयर टेलिभिजन च्यानल रेटे ४ए मा कार्यक्रम ‘डारियो डेल जिओर्नो’ होस्ट गर्ने जियाम्बरुनोले गत अगस्टमा आफ्नो कार्यक्रममा महिलाले धेरै मदिरा सेवन नगरी बलात्कारबाट आफूलाई बचाउन सक्ने सुझाव दिएपछि आलोचनामा परेका थिए । मेलोनीले त्यो एपिसोड पछि आफ्नो पार्टनरको टिप्पणीको आधारमा आफूलाई प्रश्न गर्न नहुने र भविष्यमा उसको व्यवहारको बारेमा प्रश्नहरूको जवाफ नदिने बताएकी थिइन्।

यसैबीच, मेलोनीले आफ्नो पार्टनरसँगको सम्बन्ध बिछोडको बारेमा एक्स (ट्विटर) मा भनेकी छन् कि ‘हामी जे थियौं त्यसको रक्षा गर्ने छौ । म हाम्रो मित्रताको रक्षा गर्नेछु र म आफ्नो आमा र बुबालाई माया गर्ने हाम्रो सात वर्षकी छोरीलाई कुनै पनि हालतमा रक्षा गर्नेछु। मैले मेरी आमालाई मेरो माया व्यक्त गर्ने मौका पाइन, तर म मेरी छोरीसँग भाग्यमानी छु। यसमा मैले थप केही भन्नु छैन ।

अन्तमा, उनले आग्रह गर्दै लेखेकी छन् : “कृपया, मलाई घरमा हिर्काएर कमजोर पार्ने आशा राख्ने सबैले जान्नुपर्छ कि थोपाले ढुङ्गा खनेर जतिसुकै खन्ने आशा गरे पनि ढुङ्गा ढुङ्गा नै रहन्छ र थोपा पानी मात्रै हो “।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img