spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, २० करोड भारूको मांग

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एशियाका सबैभन्दा धनाड्य व्यक्ति मुकेश अम्बानीलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएको छ। बजार मूल्यका हिसाबले भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीसंग २० करोड रुपैयाँ (लगभग २७ लाख अमेरिकी डलर) माग्दै एक अज्ञात व्यक्तिबाट इमेलमार्फत ज्यान मार्ने धम्की आएको बताइएको छ ।

प्रहरीका अनुसार, इमेल बिहीबार साँझ रिलायन्स इन्डस्ट्रिजको आधिकारिक आईडीमा पठाइएको थियो, यसमा अम्बानीलाई १५ दिन भित्र फिरौती तिर्न असफल भएमा “भारतका सर्वश्रेष्ठ शूटरहरू” मार्फत मार्ने धम्की दिएको भारतिय संचार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

संचार माध्यमका अनुसार, अम्बानीको व्यक्तिगत विवरणहरू, जस्तै उनको फोन नम्बर, ठेगाना, गाडी नम्बर, र दैनिक दिनचर्यामा आफ्नो पहुँच भएको इमेलमा दावी गरिएको छ । इमेलमा अम्बानीलाई धम्कीलाई बेवास्ता नगर्न वा पुलिसलाई सम्पर्क गर्ने प्रयास गरेमा “गम्भीर परिणाम” निम्त्याउने भन्दै चेतावनी दिएको छ।

पुलिसले भारतीय दण्ड संहिताको धारा ३८७ (व्यक्तिलाई मृत्युको डर वा गम्भीर चोट पुर्‍याउन, जबरजस्ती असुली गर्न) र ५०६ (आपराधिक धम्की) अन्तर्गत मुद्दा दर्ता गरेको छ र यस विषयमा अनुसन्धान गरिरहेको छ।

अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन । यस वर्षको फेब्रुअरीमा, विस्फोटक पदार्थले भरिएको गाडी मुम्बईमा उनको निवास नजिकै पार्क गरिएको भेटियो, जसमा उनलाई र उनको परिवारलाई हानि पुर्‍याउने धम्की दिइएको थियो। उक्त मुद्दा अहिले पनि राष्ट्रिय अनुसन्धान एजेन्सीले अनुसन्धान गरिरहेको छ ।

अम्बानी, जो अगस्ट २०२३ सम्ममा $९१.२ बिलियन डलरको अनुमानित नेटवर्थको साथ एसियाको सबैभन्दा धनी व्यक्ति र विश्वको १३औँ धनी व्यक्ति पनि हुन्। ऊर्जा, पेट्रोकेमिकल, दूरसञ्चार, खुद्रा र बिक्री जस्ता क्षेत्रहरूमा फैलिएको आफ्नो व्यापार साम्राज्यका लागि उनी परिचित छन्। उनी मुम्बई इन्डियन्सका मालिक पनि हुन्, जो इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img