Monday, May 19, 2025
61.1 F
Washington DC.

विश्वकप २०२३ः भारतद्वारा इंग्ल्याण्ड १०० रनले पराजित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतले एकदिवसीय विश्वकप २०२३ मा लगातार छैटौं जित हात पारेको छ । आज सम्पन्न खेलमा भारतीय टिमले इंग्ल्याण्डलाई १०० रनले पराजित गरेको छ । भारतले २० वर्षपछि विश्वकपमा इंग्ल्याण्डलाई हराएको हो । भारतले पछिल्लो पटक सन् २००३ मा डर्बन मैदानमा ८२ रनले जित हासिल गरेको थियो ।

लखनउको एकना स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको थियो । २३० रनको लक्ष्य पछ्याउन आएको इंग्ल्याण्डको टोली ३४।५ ओभरमा १२९ रन बनाएर अलआउट भएको थियो ।

लखनउको एकना रंगशालामा साविक विजेता इंग्ल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । भारतीय टोलीबाट कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । केएल राहुलले ३९ रनको इनिङ खेले । उनीअघि शुभमन गिल ९ रन, विराट कोहली शून्य र श्रेयस अय्यर ४ रन बनाएर आउट भएका थिए ।

इंग्ल्याण्डका डेभिड विलीले ३ विकेट लिए । आदिल रसिद र मार्क वुडले २–२ विकेट लिए ।

भारतीय बलिङका अगाडि इङ्ल्यान्डका ब्याट्सम्यानहरु निरिह बनेका थिए । बलिङतर्फ मोहम्मद शामीले ४ र जसप्रित बुमराहले ३ विकेट लिए । कुलदीप यादव र रविन्द्र जडेजाको स्पिन जोडीले ३ ब्याट्सम्यानलाई प्याभिलियन पठाएको थियो ।

इंग्ल्याण्डलाई १०० रनले पराजित गर्दै भारत अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । भारतीय टिमले ६ खेल जितेर १२ अंकसहित नम्बर १ मा छ । अर्कोतर्फ इंग्ल्याण्डको टिम १० नम्बरमा मात्रै छ । इंग्ल्याण्डले यस विश्वकपमा ६ खेलमध्ये एउटा मात्र जितेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img