spot_img
Monday, May 13, 2024
66.1 F
Washington DC.
spot_img

टी-२० विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको ८ विकेटको जित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर नेपाल सामु एक सय ४५ रनको लक्ष्य प्रस्‍तुत गरेको थियो । जवाफी ब्याटिङमा नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजय लक्ष्य पुरा गरेको हो ।

खेलमा कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले टोलीका लागि ७४ रन बनाए । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र आठ चौका हाने । उनले २६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले दुई छकका र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।

नेपालका अर्का ओपनर आसिफ शेखले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे। कुशल र आसिफबीच पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी हुँदा नेपाल सहज रुपमा अघि बढेको थियो।

दोस्रो नम्बरमा आएका कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोड्दा एक बलको सामना गरेका कुशल मल्लले छक्का प्रहार गरी सिंगापुरले दिएको लक्ष्य पुरा गरे । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img