spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

नेपालले भारतलाई चार महिनामा बिजुली बेचेर कमायो १२ अर्ब ५० करोड ८ लाख

सम्बन्धित समाचार

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट बिजुली निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ।

बिजुली निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा रु चार अर्ब ८६ करोड ४४ लाखले बढी हो। गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट बिजुली निर्यात गरी रु सात अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो। गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट बिजुली निर्यात गरी रु १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ।

प्राधिकरणले साउनमा रु दुई अर्ब १४ करोड ७६ लाख, भदौमा रु तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा रु चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा रु दुई अर्ब ६९ करोड ७० लाख बराबरको  बिजुली निर्यात गरेको छ।

चार महिनाको समग्र औसत बिजुली बिक्री दरप्रति युनिट रु नौ १८ पैसा छ। गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट सात ७ रुपैयाँ ७६ पैसा थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा बिजुली निर्यातबाट सात अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताउनुभयो।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन बिजुली सम्झौता बमोजिम करिब एक सय १० मेगावाट बिजुली भारतीय कम्पनी एनटिपिसी बिजुली व्यापार निगमलाई बिक्री गरिरहेको छ। एनभिएनले उक्त बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ।

भारतको केन्द्रीय बिजुली प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्ये पहिलो चरणमा करिब ४४ मेगावाट बिजुली रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ।

नेपाल बिजुली प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी छ सय ३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये पाँच सय ६२ मेगावाट बिजुली ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img