Monday, May 19, 2025
76.3 F
Washington DC.

उत्तरपश्चिम चीनमा भूकम्प: मृत्यु हुनेको संख्या १४८ पुग्यो, प्रभावितको संख्या अजै बढ्ने अनुमान

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यस हप्ताको सुरुमा उत्तरपश्चिम चीनमा गएको ६.२ म्याग्निच्युडको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या बढेको छ । सिन्ह्वा समाचार एजेन्सीले शुक्रबार दिएको रिपोर्ट अनुसार स्थानीय अधिकारीहरूले गान्सु प्रान्तमा मृत्यु हुनेको संख्या अहिले ११७ पुगेको बताएका छन । यो संगै गान्सु र छिङहाइ प्रान्तमा मृत्यु हुनेको कुल संख्या १४८ पुगेको छ।

सोमबार राति ११ बजेर ५९ मिनेटमा १० किलोमिटरको फोकल गहिराइमा उक्त भूकम्प गएको थियो । भूकम्पका कारण ठूलो भौतिक तथा मानविय क्षति भएको बताइएको छ । शुक्रबार बिहानसम्म भूकम्पमा परी प्रान्तमा ७ सय ८१ जना घाइते भएको गान्सु प्रान्तीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

छिङहाई प्रान्तमा पनि अवस्था उस्तै दयनीय भएको सिन्वाले जनाएको छ। बिहीबारसम्म भूकम्पमा ३१ जनाको ज्यान गएको थियो । स्थानीय अधिकारीहरू र राहत टोलीहरू सहायता प्रदान गर्न र क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अथक प्रयास गरिरहेको जनाइएको छ ।

भूकम्पका कारण गान्सु र छिङहाइ प्रान्तहरूमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ। स्थानीय अधिकारीहरू र राहत टोलीहरूले प्रभावितहरूलाई मद्दत गर्न आफ्नो प्रयास जारी राखेका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी छ र प्रभावितको संख्या बढ्ने अनुमान गरिएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img