Friday, March 6, 2026
51.9 F
Washington DC.

ईपीएस आन्दोलनकारी दुई युवकको मृत्यु – मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कोरियामा पानी जहाज बनाउने काम (शीप बिल्डिङ) को अनुमति प्रणाली (ईपीएस) परीक्षा दिएर अनुत्तीर्ण भएका युवाहरूले बिहीबारैदेखि ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसंग झडपका हुँदा अहिलेसम्म दुई जना दुई आन्दोलनकारी युवाहरूको मृत्यु भएको छ । आन्दोलनकारी युवाहरूको मृत्युको कारण भने अहिलेसम्म यकिन भइसकेको छैन। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी पनि जलाएका थिए ।

मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जनकारी दिए ।

उनका अनुसार प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट अस्पतालमा तथा शाहको पाटन अस्पतालमा मृत्यु भएको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

राष्ट्रिय स्वतन्‍त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजालमा लेख्दै बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता उदांगिएको बताएका छन्। आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको छ। “दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्, ” लामिछानेले भनेका छन् ।

“रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा आफु मर्माहत भएको भन्दै परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्,” लामिछानेले भनेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img