spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

जापानमा भूकम्पमा परी कम्तीमा ७३ जनाको मृत्यु, खोजी कार्य जारी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नयाँ वर्षको दिनमा मध्य जापानको नोटो प्रायद्वीप र आसपासका क्षेत्रहरूमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ७३ जनाको मृत्यु भएको छ, भग्नावशेष र भत्किएका सडकहरूले बुधबार खोजी र उद्धार कार्यहरू रोकिएको क्योन्दो समाचार एजेन्सीले जनाएको छ ।

जापानको समुद्र तटमा रहेको इशिकावा प्रान्तको वाजिमा सहरमा ७.६ म्याग्निच्युडको भूकम्पले ठूलो संरचनात्मक क्षति र आगलागी भएको दुई दिन बितिसकेको छ, तर विपद्को पूर्ण विवरण भने खुल्न सकेको छैन ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले प्रभावित क्षेत्रहरूमा बिहीबारसम्म अविरल वर्षा हुने र केही गाउँहरू डुबान हुने लगायत सम्भावित भूस्खलनको चेतावनी दिएको छ।

स्थानीय अधिकारीहरूले केन्द्र सरकारलाई विपद् राहत अभियानकोलागि एसडीएफ कर्मचारीहरू पठाउन आग्रह गरे पश्चात जापानको सेल्फ डिफेन्स फोर्सहरूले कट-अफ क्षेत्रहरूमा आपूर्तिहरू पुर्‍याउन हेलिकप्टरहरू प्रयोग गर्न तयार गरिएको क्योन्दो समाचार एजेन्सीले जनाएको छ ।

प्रधानमन्त्री फुमियो किशिदाले बुधबार पत्रकार सम्मेलनमा सरकारले विपद् प्रभावित क्षेत्रमा कार्यरत एसडीएफ सदस्यको संख्या हाल १ हजारबाट २ हजार पु¥याउने निर्णय गरेको जानकारी दिएका छन् ।

टोकियोको हानेडा एयरपोर्टमा जापान एयरलाइन्स कम्पनीको विमान र राहत सामग्री बोकेको जापान कोस्ट गार्डको विमान ठोक्किएको एक दिनपछि किशिदाले मिडियालाई जानकारी दिदै दुर्घटनाले नोटो प्रायद्वीप र यसको वरपरका क्षेत्रमा आपूर्तिको द्रुत वितरणमा बाधा पुर्‍याउने चिन्ता व्यक्त गरेका थिए ।

तर, किशिदाले भने, “समग्रमा दुर्घटनाबाट कुनै असर नपर्ने विश्वास लिएका छौँ। उक्त क्षेत्रमा राहत सामग्रीको ढुवानी भने क्रमिक रूपमा भइरहेको छ।”

यस बीचमा, भूकम्प प्रभावित क्षेत्रहरूमा धेरै मानिसहरू जिउँदै गाडिएको वा भत्किएका घरहरूमा फसेको जानकारी प्राप्त भएको नगरपालिका अधिकारीहरूले संचार माध्यमलाई जानकारी दिएका छन् ।

नयाँ वर्षको दिन भूकम्पको केन्द्रबिन्दु वाजिमाको ३० किलोमिटर पूर्व-उत्तरपूर्वमा १६ किलोमिटरको अस्थायी गहिराईमा रहेको र जापानको भूकम्पीय तीव्रता मापनमा ७ रेक्टर स्केल रहेको एजेन्सीले जनाएको छ।

७ लेभलको भूकम्पले मानिसलाई उभिन असम्भव बनाएको बताइएको छ । यस्तो भूकम्प अन्तिम पटक २०१८ मा होक्काइडोमा रेकर्ड गरिएको मौसम एजेन्सीले जानकारी दिएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img