spot_img
Sunday, May 12, 2024
49.4 F
Washington DC.
spot_img

ट्रम्पलाई $३७० मिलियन जरिवाना र रियलस्टेटमा आजीवन प्रतिबन्ध लगाउन माग

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

न्यूयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कम्पनीहरू विरुद्ध $ ३७० मिलियन जरिवाना र राज्यको रियल इस्टेट उद्योगका उनी र उनका दुई पूर्व कम्पनीका कार्यकारीहरूलाई आजीवन प्रतिबन्ध लगाउन मांग गर्दै शुक्रवार अदालत समक्ष निवेदन गरेकी छन ।

जेम्सको कार्यालयका वकिलहरूले ट्रम्पमाथिको धोखाधडी मुद्दामा शुक्रवार सुनुवाई पश्चात अदालतमा दायर गर्दै अनुरोध गरेका हुन। उनीहरूले पेश गरेको जाहेरीमा ट्रम्पले $ १६८ मिलियन ब्याज कथित रूपमा धोखाधडी मार्फत बचत गरेको ; वाशिंगटन, डीसीमा पुरानो हुलाक कार्यालय भवनको बिक्रीबाट $ १५२ मिलियन, ट्रम्पको एक होटलको साइट; फेरी प्वाइन्ट गल्फ कोर्स सम्झौताको स्थानान्तरण मार्फत $६० मिलियन; र ट्रम्प संगठनका पूर्व प्रमुख वित्तीय अधिकारी एलेन होवार्ड वेसेलबर्ग र पूर्व ट्रम्प संगठन नियन्त्रक जेफ म्याककोनीका लागि विच्छेद सम्झौताबाट $ २.५ मिलियन रहेको दावी गरिएको छ।

जेम्सले जाहेरीमा ट्रम्प, वेसेलबर्ग र म्याककोनीलाई घर जग्गा उद्योगमा भाग लिनका साथै न्यूयोर्क कर्पोरेशन वा संस्थाहरूमा अधिकारी वा निर्देशकको रूपमा सेवा गर्नबाट आजीवन प्रतिबन्धको लागि पनि अनुरोध गरेकी छन। महान्यायाधिवक्ताले ट्रम्पका जेठा छोराहरू डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई पनि समान शर्तसहित पाँच वर्षको प्रतिबन्ध लगाउन आग्रह गरेकि छन।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img