Friday, March 6, 2026
51.9 F
Washington DC.

आईएमएफद्वारा आर्थिक सुधार कार्यक्रमका लागि पाकिस्तानलाई $ ७०० मिलियन डलर वितरण गर्न स्वीकृती

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले बिहिवार एक विज्ञप्ति जारी गर्दै आईएमएफको स्ट्यान्ड-बाइ एरेन्जमेन्ट (एसबीए) द्वारा समर्थित पाकिस्तानको आर्थिक सुधार कार्यक्रमको पहिलो समीक्षा पूरा गर्दै लगभग ७०० मिलियन अमेरिकी डलर तत्काल वितरण गर्न अनुमति दिएको जनाएको छ।

बोर्डको निर्णय पछि, व्यवस्था अन्तर्गत कुल वितरण करिब १.९ बिलियन अमेरिकी डलर पुग्ने आईएमएफले विज्ञप्तिमा जनाएको छ ।

पाकिस्तानको ९ महिनाको एसबीएलाई गत वर्ष जुलाईमा कार्यकारी बोर्डले करिब ३ बिलियन अमेरिकी डलरको रकममा स्वीकृत गरेको थियो। घरेलु र बाह्य सन्तुलनलाई सम्बोधन गर्न नीतिगत एङ्कर र वित्तीय सहयोगको लागि फ्रेमवर्क उपलब्ध गराउने उद्देश्यले बहुपक्षीय र द्विपक्षीय साझेदारहरूको सहयोग मार्फत उक्त रकम स्वीकृत गरेको विज्ञप्तिमा भनिएको छ।

“पाकिस्तानको आर्थिक गतिविधि स्थिर भएको छ, यद्यपि दृष्टिकोण चुनौतीपूर्ण र ठोस नीतिहरूको कार्यान्वयनमा निर्भर रहेको छ”, आईएमएफ विज्ञप्तिमा मा भनेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img