spot_img
Friday, May 17, 2024
61.5 F
Washington DC.
spot_img

अनेसास हिरो -२०२४ को घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले “अनेसास हिरो-२०२४” को घोषणा गरेको छ। नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्याएवापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो- २०२४ अर्पण गरिने अनेसासले जनाएको छ । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा विहिवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अनेसास न्यूह्यामसायरको स्थापना कालदेखिनै च्याप्टरमा सक्रिय रहेर अनुजलाई प्रोत्साहन , अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी, कृति प्रकाशन, प्रेरणा र संयोजनकारी भूमिका निर्वाह गरेका भट्टका आमा र माटो, केही फूलका थुंगाहरू, आकाश पारिबाट लगायतका कविता कृति प्रकाशित छन् ।

अनेसास न्यूह्यामसायरका संस्थापक महासचिव भट्ट हाल अनेसास पुरस्कार समिति सदस्य र च्याप्टरको प्रधान सम्पादक रहेका छन् ।

बिसं २०१९ मा गोरखाका जन्मिएका भट्ट लामो समयदेखि अमेरिकाको न्यूह्यामसायरमा बसोवास गर्दै आएका छन् ।

सो सम्मान अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही मार्च ०८-१०, २०२४ मा पोर्चुगलमा हुने आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा समर्पण गरिने अनेसासले जनाएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img