spot_img
Thursday, May 2, 2024
85 F
Washington DC.
spot_img

त्रिकोणात्मक टी–२० सिरिजः नेपालद्वारा नेदरल्यान्ड्स छ विकेटले पराजित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत शनिवार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।

जितका लागि दिएको १२१ रनको मामूली लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर पुरा गरेको थियो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै गुलसन झाले ३८ रन, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन बनाएका थिए ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्माले तीन तथा आर्यन दत्तले एक विकेट लिएका थिए ।

यसअघि नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो र १९.३ ओभरमा १२० रनमा अलआउट भएको थियो ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले २४ बलमा ४ चौका र एक छक्का सहित ३१ रन बनाएका थिए । त्यस्तै टिम भान डर गुग्टेनले २४ रन, रोलोफ भान डेर मर्वेले अविजित २३ र कप्तान स्कट एडवर्ड्सले १८ रन जोडेका थिए ।

नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिएका थिए भने करण केसी र कुशल मल्लले २/२ विकेट लिएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।

यो जितसँगै चार खेलमा नेपालले चार अंक जोडदै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । त्यस्तै, पहिलो हार बेहोरेको नेदरल्यान्ड्ससंग तीन खेलबाट चार अंक छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसँग २ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो । भोलि नेदरल्याण्ड्स र नामिबियाबीच खेल हुनेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img