Thursday, April 23, 2026
80.1 F
Washington DC.

अदालतद्वारा इमरान खानविरुद्धको मानहानीको मुद्दा खारेज

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानको एक स्थानीय अदालतले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खान विरुद्ध पूर्व प्रधानन्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले दायर गरेको मानहानीको मुद्दा खारेज गर्दै शनिबार फैसला सुनाएको छ।

२० अर्ब रुपैयाँ क्षतिपूर्ति माग गरेको मुद्दामा खानले २०१३ को आम निर्वाचनमा धाँधलीमा संलग्न भएको र जुन २०१४ मा अपमानजनक टिप्पणी गरेको आरोप लगाएर चौधरीको प्रतिष्ठामा आँच पुर्‍याएको आरोप लगाइएको थियो।

जनवरी २०१५ मा दायर गरिएको मुद्दालाई अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश हसिना सकलेनले खारेज गर्दै कानुन बमोजिम आवश्यक छ महिनाभित्र मानहानीको मुद्दा दायर नगरिएको फैसलामा भनिएको छ ।कानून अनुसार छ महिनाको समय सीमा मित्र मानहानीको उजुरी गर्नको लागि अनिवार्य गरिएको छ यसलाई पालन गर्न असफल भएमा मुद्दा खारेजी हुन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img