Sunday, May 18, 2025
70.1 F
Washington DC.

इजरायली सेनाद्वारा हमास हबलाई निशाना : अल-शिफा अस्पतालको सिमित क्षेत्रमा लक्षित अपरेशन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इजरायली सेनाले गाजाको अल-शिफा अस्पतालको सीमित क्षेत्रमा लक्षित अपरेसन सुरु गरेको छ ।उक्त अस्पतालमा इजरायल विरुद्धको आक्रमणको समन्वय गर्दै रहेका हमासका वरिष्ठ कार्यकर्ताहरू रहेको गुप्तचरको सुचनालाई उद्धृत गर्दै आक्रमक गरिएको सेनाले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता आरएडीएम हागारीले सोमबार बिहान यो अपरेशन ठोस गुप्तचरको सुचनामा भएको बताएका छन। उनले जोड दिए कि आक्रमणको उद्देश्य नागरिकहरूलाई हानि नगरी हमास लडाकुहरूसँग लड्नु हो।

“हामीलाई थाहा छ कि वरिष्ठ हमास लडाकुहरू अल-शिफा अस्पताल भित्र भेला भएका छन् र इजरायल विरुद्ध आक्रमण गर्न एक आधारको रूपमा प्रयोग गर्दैछन्,” उनले भने। हगरीले नागरिकको हताहति न्यूनीकरण गर्न सटीक र सावधानीका साथ कदम चालिने आश्वासन दिए।

आइडिएफले अस्पताल परिसरमा बिरामीहरूलाई सहायता गर्न अरबी स्पिकरहरू र चिकित्सा कर्मचारीहरू तैनाथ गरेको छ र नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्दैछ। बिरामी र स्वास्थ्यकर्मीहरूलाई अस्पताल खाली गर्न कुनै बाध्यता नभए पनि हगरीले छोड्न चाहने नागरिकका लागि व्यवस्था उपलब्ध रहेको बताएका छन।

उनले हमास लडाकुहरूलाई आत्मसमर्पण गर्न आग्रह गर्दै आतंकवादी गतिविधिका लागि चिकित्सा सुविधाको प्रयोगको निन्दा गरे।

यसैबीच, अल जजीराले रिपोर्ट गरे अनुसार गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तीमा इजरायली अपरेशनको बारेमा चिन्ता व्यक्त गरेको छ ।

“हामी अल-शिफा मेडिकल कम्प्लेक्स भित्रका मेडिकल स्टाफ, बिरामीहरू र विस्थापित मानिसहरूको जीवनको लागि इजरायली कब्जालाई जिम्मेवार ठान्छौं,” विज्ञप्तिमा भनिएको छ। यसले इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको घोर उल्लङ्घन गरेको र अल-शिफा मेडिकल कम्प्लेक्समा भएको आक्रमणलाई जायज ठहराउन कथाहरू बनाएको आरोप लगाएको छ।

(मिडिया आउटलेटहरूको सहयोग सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img