spot_img
Wednesday, September 18, 2024
70.7 F
Washington DC.
spot_img

ममता काफ्ले प्रकरणमा भाईरल हुन चाहने टिकटकेले जथाभावी हावादारी खबर फैल्याएकोमा निन्दा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ममता काफ्ले हराएको घटनाका बारेमा सामाजिक संजाल- फेसबुक मार्फत पहिलो पटक सुचना दिने र खोजी कार्यमा निरन्तर लागी रहेको “युएस- नेपाल हेल्प नेटवर्क (युएनएचएन) मार्फत त्यस पेजका एडमिन भुवन अखिमहांग राईले एक अपिल जारी गरेका छन। अपिलमा भनिएको छः यस्तो बिषम परिस्थितिमा पनि केही थान टिकटकेहरूले घटनाको सत्यतथ्य नबुझी, परिस्थितीको संवेदनशीलतालाई बेवास्ता गरी जथाभावी हावादारी खबर फैल्याएर अनेकन निराधार अड्कलबाजी काटेको पनि भेटीयो, यसमा सम्वेदनशील हुन र निराधार अड्कलबाजी गरी प्रसारण नगर्न भनिएको छ। 

अपिलको पूर्ण पाठः 

ममता काफ्ले घटनाको जानकारी तथा हार्दिक अपिल्!!

बिगत २३ दिन देखी भर्जिनियाँको मनासस पार्क शहरबाट हराईरहेकी २८ बर्षिया ममता काफ्लेको पति नरेश भट्टलाई आज बिहान मनासस पार्क प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी थुनामा राखेको छ। निजलाई पत्नि ममताको लापत्ता हुनुमा संलग्न रहेको आसंका गरी हिजै मात्र मनासस पार्क प्रहरीले पत्रकार सम्मेलन मार्फत ‘Person of Interest’ भनी खुलासा गरेको थियो। निज भट्टलाई प्रिन्स विलियम काउन्टीको अदालतमा भोली शुक्रवार पेश गरिने जानकारी बाहिर आएको छ। निजलाई ‘one felony count of transporting, secreting, concealing or altering a dead body’ अर्थात मृत शरिरलाई लुकाएको छिपाएको, अन्य ठाउँमा ओसारपसार गरेको वा अन्य कुनै तवरले नास गर्न खोजेको अभियोगमा मुद्दा चलाईएको जानकारी बाहिर आएको छ। 

यस बिचमा ममता काफ्ले जिवित रहे नरहेको, भएमा कहाँ र कस्तो अवस्थामा रहेको कुनै पनि पुष्ट जानकारी प्राप्त भएको छैन र यस बिषयमा मनासस् पार्क प्रहरीले थप जानकारी नदिएको अवस्था छ। यसको मतलव घटना अझै पनि अनुसन्धानकै क्रममा रहेको बुझ्न सकिन्छ। 

ममता काफ्ले बहिनी हराएको जानकारी पाएकै दिनदेखी यहाँका नेपाली समुदायमा मिसिएर मैले सकेसम्म उनको खोजीको लागी संलग्न भएर नजिकबाट घटनालाई नियालेको छु। मनासस् नेपलिज् फुटबल क्लव्(MNFC) को अग्रसरतामा भएको दवावमूलक कार्यक्रमहरूमा संलग्न भई चोकमा उभिएर, फ्लायर बाँडेर, प्रहरी चौकी अगाडी घण्टौँ धर्ना दिएर एउटा जिम्मेवार नागरिकको हैसियतले मैले मेरो भूमिका निभाएको छु। पछिल्लो २ हप्तमा मैले यस घटनाको धेरै आयामहरू देख्न पाएँ। ममता नानीलाई के भयो, कसले के गर्यो, अव के होला केलाउने पाटो मेरो क्षेत्राधिकार भित्र पर्दैन, त्यो बारेमा मैले बोलेँ भनेँ या कुनै अड्कलबाजी गर्न थालेँ भने म जत्तिको बेबकुफ कोही हुन सक्दैन। तर यो घटनालाई लिएर भएको केही आडम्बरी अनि बेकुफीपनको प्रदर्शनले भने मलाई निकै नै त्रसित अनि चिन्तित बनाएको छ। त्यही पाटोहरूलाई म केलाउन चाहेँ। 

एउटी चेली १० दिनदेखी हराईरहेको दुखद अवस्था छ। त्यसमा पनि हामी अल्पसंख्यक नेपालीलाई प्रहरी प्रशासनले बेवास्ता गरेको महसुस् गरी खोजी कार्य तिव्र गराऊ भन्ने दवाव सिर्जना गर्न गरिएको भेलालाई केही थान ‘नेता तथा समाजसेवी’हरूले गन्दा चाल गरी केही थान तक्मा लगाउने निर्लज्ज खेल खेल्न खोजेकै हो, तिनको परिवार यसरी लापत्ता कहिल्यै नहोस् त्यो मेरो कामना। भेलामा ‘फलाना नै अपराधी हो, त्यसलाई समातेर भाटा हान्’ भन्ने पनि सुनियो त्यो पनि एक किसिमको मूर्खता नै हो। अपराधी को हो भनेर खोज्ने पत्ता लगाउने काम भनेको प्रशासनको हो अनि हामी समुदायको जिम्मेवार नागरिकको हिसाबले दवाव सिर्जना गरेर प्रश्न गरिरहनु हाम्रो दायित्व हो। 

MNFC का सदस्य मनासस् पार्क बासी प्रबेश हुमागाईँ लगायत केही शिक्षीत अनि बुझकी दाजुभाईहरूले भने मनासस् पार्क सिटीका मेयर, काउन्सिल् मेम्बरहरूलाई व्यक्तिगत रूपमै भेटेर अनि फोन गरेर प्रहरी थानामा बोलाई दवाव दिने काम गर्नु भयो। ममता बहिनीको लागी तिर जसरी सयौँ पेचिला प्रश्नहरू प्रहरी चिफ् अनि मेयर सामुन्ने राख्नु भयो, त्यसको लागी नमन्। 

यस्तो बिषम परिस्थितिमा पनि केही थान टिकटकेहरूले घटनाको सत्यतथ्य नबुझी, परिस्थितीको संवेदनशीलतालाई बेवास्ता गरी जथाभावी हावादारी खबर फैल्याएर अनेकन निराधार अड्कलबाजी काटेको पनि भेटीयो, तिनलाई बेलैमा चेत आओस्। 

एउटी शिशुकी आमा २२ दिनदेखी हराईरहेकी छिन्। हामी जिम्मेवार समुदायको नाताले हाम्रो कर्तव्य भनेको ममता बहिनीलाई सकुसल भेटाईदेऊ भनेर प्रशासनलाई दवाव दिएर प्रश्न सोध्नु हो। यदी उनीमाथी कुनै अपराध भएको हो भने अपराधी पत्ता लगाई हदै सम्मको कारबाही गर भन्ने हो। भिडमा हचुवा बोलेर पक्ष-बिपक्ष खडा गरी गन्दा गुटबन्दी राजनिती घुसाईनु दुर्भाग्यपूर्ण छ त्यसलाई जति निन्दा गरे नी पुग्दैन। 

घटना जटिल छ। बाहिरिएको पारिवारिक खटपट, निज नरेश भट्टको पटक-पटक फेरिएको बयानको कारण धेरै अड्कल काटिनु, समुदायमा आक्रोश जाग्नु एकदम स्वभाविक हो। तर हामीले यो बिर्सनु हुँदैन की अनुसन्धान गर्ने, घटनाको सत्यता पत्ता लगाई उचित कारबाही गर्ने जिम्मेवारी प्रशासनको हो। हामीले जिम्मेवार अनि सभ्य समुदायको रूपमा संयम भई सत्यताको पर्खाई गर्नु पर्छ। यदी अनुसन्धानमा ढिलाई गरिएमा हाम्रो आक्रोशलाई दवावको रूपमा परिणत गर्नु पर्दछ। 

घटनाको अनुसन्धानको पूरा निचोड् अहिलेसम्म ननिस्किसकेको अवस्था छ यसको मतलव हामी आशा गरौँ निज नरेशलाई केरकारको लागी मात्रै थुनिएको होस् अनि बहिनी ममता सकुशल भेटियुन् अनि आफ्नी छोरी सँग पुनर्मिलन होस् उनको। सुन्दा भलै असम्भव सुनिएला तर चेतनशिल प्राणिको हिसावले यो कामना गर्न मलाई कत्ति पनी हिच्किचाहट् छैन। कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस्, कसैले पनि बोली नफुट्दै आमावुबा गुमाउन नपरोस्। यो समयमा हाम्रो लक्ष्य भनेको ममता बहिनीको सकुसल उद्दार मात्रै हो र त्यही हुनु पर्दछ। 

फेरी पनि, हामी संयम रहौँ, निराधार अनि गलत खबरहरूलाई बेवास्ता गरौँ, घटनाको सत्यता समयमै बाहिर निकालियोस् भनि कामना गरौ, आक्रोशित भएर कसैले कसैलाई आरोप नलगाऊँ, सामाजिक संजालमा अनावश्यक बिवाद नगरौँ। यो मेरो अनुरोध तमाम समुदायमा राख्न चाहेँ! 

ममता बहिनी अनि निमा छोरीलाई धेरै माया अनि ममता बहिनीको सकुशलताको कामना! 

बहिनी, तिमीलाई नभेटाउन्जेल हामी हार मान्नेवाला छैनौँ!

🙏🙏🙏

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img