spot_img
Tuesday, November 5, 2024
75.9 F
Washington DC.
spot_img

अमेरिकाकी ज्येष्ठ नागरिक र ह्यूस्टनकी प्रतीक एलिजाबेथ फ्रान्सिसको ११५ वर्षको उमेरमा निधन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

“हामीलाई अत्यन्त दुःखका साथ जानकारी गराउनु छ कि श्रीमती एलिजाबेथ फ्रान्सिसको निधन भएको छ,” विश्वका ज्येष्ठ नागरिकहरूको निगरानी गर्ने संस्था, लोंगेवीक्वेस्टले जानकारी गराएको छ। अमेरिकी सम्पदा र ह्यूस्टनकी प्रतीक रहेकी फ्रान्सिसको ११५ वर्षको उमेरमा गत मंगलवार निधन भएको थियो। उनको जीवनले, दृढता, आत्मीयता र ज्ञानले सबैलाई छुने प्रेरणा दिएकी थिइन्।

१९०९ मा जन्मिएकी फ्रान्सिसले जीवनको अधिकांश समय ह्यूस्टन, टेक्सासमा बिताइन्। आफ्नो निधनसम्म उनी आफ्नी ९५ वर्षीया छोरी डोरोथी विलियम्ससँग ह्यूस्टनको आफ्नै घरमा बसिरहेकी थिइन्। उनलाई आफ्नी नातिनी एथल ह्यारिसनले विशेष स्याहार पुर्याउँदै परिवार र समुदायलाई प्रेरित गर्ने जीवनशैलीलाई कायम राख्न सहयोग गरिरहेकी थिइन्। “उहाँ सधैं हाम्रो प्रेरणाको स्रोत र माया हुनुहुन्थ्यो,” परिवारले भनेको छ, “उहाँ सबैलाई सधैं प्रेरणा दिनुहुन्थ्यो।”

लोंगेवीक्वेस्टका अनुसार, फ्रान्सिस संयुक्त राज्य अमेरिकाकी ज्येष्ठ नागरिक मात्र नभएर विश्वको तेस्रो ज्येष्ठ महिला पनि थिइन्। उनको उमेरले उनलाई हालसम्मका ५४ औं ज्येष्ठ व्यक्ति र अमेरिकाका २१ औं ज्येष्ठ नागरिकको रूपमा स्थापित गराएको छ। उनको जीवनकालमा उनले दुईवटा विश्वयुद्ध, महामन्दी, नागरिक अधिकार आन्दोलन र डिजिटल युग जस्ता परिवर्तनहरूलाई नजिकबाट भोगेकी र आफूलाई युगसँगै अनुकूल बनाउँदै गएकी थिईन।

उनको परिवार र समुदायका नजिकका मानिसहरू उनको दीर्घ जीवनको रहस्य परिवारप्रति प्रेम, आस्था र उद्देश्यमा आधारित रहेको बताउँछन्। फ्रान्सिसले साधारण जीवनशैली अपनाएकी थिइन्, जहाँ उनको आहार दक्षिणी परम्परागत खानामा आधारित थियो, भने उनले आफूलाई सधैं सक्रिय राखिन्। जीवनको अन्तिम दिनसम्म पनि उनको सुझाव सधैं सिधा र प्रेरणादायक हुन्थ्यो। अप्रिल २०२३ मा उनले भनेकी थिइन्, “भगवानले जुन शक्ति दिनुभएको छ, त्यसलाई सदुपयोग गर्नूस्। मनमा लागेको कुरा नरोक्नु होस, भन्नु होस।”

उनको निधनले परिवार, मित्र र ह्यूस्टनका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ। सामाजिक सञ्जालमा परिवार र समुदायका साथीहरूले उहाँको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन्। आउँदो हप्तामा ह्यूस्टनमा उनको अन्तिम संस्कार गरिनेछ, जहाँ उनको परिवार र साथीहरूले उनको लामो, प्रेरणादायी जीवनको सम्झनामा एक समारोह आयोजना गर्ने भएका छन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

आज अमेरिकी चुनावको दिन: को बन्ला ४७औ राष्ट्रपती ?

आज अमेरिकामा राष्ट्रपतीय निर्वाचन शुरू भएको छ । मतदाता राष्ट्रको राजनीतिक, आर्थिक र सामाजिक भविष्यलाई निर्देशित गर्न मतदान केन्द्रहरूमा...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img