Friday, March 6, 2026
54.4 F
Washington DC.

रवि लामिछानेसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन कास्की प्रहरीले दियो राय, १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनाविरूद्ध सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोगमा मुद्दा चलाउन राय दिँदै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।

मुद्दा दर्ताको तयारी

प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा केही दिनभित्र सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नेछ। प्रहरीले लामो अनुसन्धानपछि कात्तिक २ गते रवि लामिछानेलाई काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगेको थियो।

अन्य आरोपीहरूको अवस्था

पूर्व डिआइजी छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरिएको थियो भने लिला पछाई असोज ९ गते पक्राउ परे। रामप्रसाद खनाललाई कात्तिक ९ गते समातिएको थियो। ती सबैलाई अहिले प्रहरी हिरासतमा राखिएको छ।

अन्य जिल्लामा अनुसन्धान जारी

लामिछानेसहितका अभियुक्तहरूविरूद्ध चितवन, रूपन्देही, पर्सा, र काठमाडौंमा पनि छुट्टाछुट्टै अनुसन्धान भइरहेको छ। चितवनमा सहारा सहकारी, रूपन्देहीमा सुप्रिम सहकारी, पर्सामा सानो पाइला, र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी गतिविधिमा उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

संसदीय विशेष छानबिन समितिको सिफारिस

सहकारी ठगीसम्बन्धी यस घटनाको अध्ययन गर्दै संसदीय विशेष छानबिन समितिले लामिछानेसहितका व्यक्तिहरूमाथि विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको थियो। त्यसकै आधारमा प्रहरीले विभिन्न जिल्लामा अभियुक्तहरूमाथि कारबाही अघि बढाएको हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img