Friday, March 6, 2026
54.4 F
Washington DC.

राष्ट्रपति बाइडेनद्वारा संघीय मृत्युदण्डमा रहेका ३७ व्यक्तिका सजाय माफी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वासिङ्टन, डी.सी. – राष्ट्रपति जो बाइडेनले सोमबार संघीय मृत्युदण्डमा रहेका ३७ व्यक्तिका मृत्युदण्ड सजाय माफी गरी उनीहरूको सजायलाई बिना पैरोल आजीवन कारावासमा रूपान्तरण गरेका छन ।

यो निर्णयलाई राष्ट्रपति बाइडेनको न्याय सुधारतर्फको ऐतिहासिक कदम मानिएको छ। आतंकवाद र घृणात्मक सामूहिक हत्याका घटनाहरूमा भने यो माफी लागू गरिएको छैन।

राष्ट्रपति बाइडेनले संघीय मृत्युदण्डको कार्यान्वयन रोक्ने घोषणा आफ्नै प्रशासनको सुरुवातमै गरेका थिए । उनले यसअघि करिब १,५०० व्यक्तिलाई क्षमा दिने, साधारण लागू औषध प्रयोग तथा LGBTQI+ सदस्यहरूप्रति भएका अन्यायपूर्ण सजाय माफी गर्नेजस्ता निर्णय पनि गरिसकेका छन।

यस निर्णयले मृत्युदण्डविरुद्ध लडिरहेका अधिकारकर्मीहरूबाट प्रशंसा पाएको छ भने केही आलोचकहरूले यसले पीडित परिवारप्रति अन्याय हुने बताएका छन्।

राष्ट्रपति बाइडेनको यो कदम संघीय मृत्युदण्ड अन्त्य गर्ने दिशामा ऐतिहासिक निर्णयका रूपमा लिइएको छ, जसले न्याय प्रणालीमा सुधार र मानवता पक्षलाई अघि बढाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img