Sunday, May 18, 2025
73.4 F
Washington DC.

राष्ट्रपति बाइडेनद्वारा संघीय मृत्युदण्डमा रहेका ३७ व्यक्तिका सजाय माफी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वासिङ्टन, डी.सी. – राष्ट्रपति जो बाइडेनले सोमबार संघीय मृत्युदण्डमा रहेका ३७ व्यक्तिका मृत्युदण्ड सजाय माफी गरी उनीहरूको सजायलाई बिना पैरोल आजीवन कारावासमा रूपान्तरण गरेका छन ।

यो निर्णयलाई राष्ट्रपति बाइडेनको न्याय सुधारतर्फको ऐतिहासिक कदम मानिएको छ। आतंकवाद र घृणात्मक सामूहिक हत्याका घटनाहरूमा भने यो माफी लागू गरिएको छैन।

राष्ट्रपति बाइडेनले संघीय मृत्युदण्डको कार्यान्वयन रोक्ने घोषणा आफ्नै प्रशासनको सुरुवातमै गरेका थिए । उनले यसअघि करिब १,५०० व्यक्तिलाई क्षमा दिने, साधारण लागू औषध प्रयोग तथा LGBTQI+ सदस्यहरूप्रति भएका अन्यायपूर्ण सजाय माफी गर्नेजस्ता निर्णय पनि गरिसकेका छन।

यस निर्णयले मृत्युदण्डविरुद्ध लडिरहेका अधिकारकर्मीहरूबाट प्रशंसा पाएको छ भने केही आलोचकहरूले यसले पीडित परिवारप्रति अन्याय हुने बताएका छन्।

राष्ट्रपति बाइडेनको यो कदम संघीय मृत्युदण्ड अन्त्य गर्ने दिशामा ऐतिहासिक निर्णयका रूपमा लिइएको छ, जसले न्याय प्रणालीमा सुधार र मानवता पक्षलाई अघि बढाएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img