Saturday, July 25, 2026
82 F
Washington DC.

आईसीसी यू–१९ महिला टी–२० विश्वकप प्लेअफ खेलमा नेपालद्वारा मलेसियालाई पराजित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आईसीसी यू–१९ महिला टी–२० विश्वकपअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियामाथि सात विकेटको सहज जित हासिल गरेको छ। खेल मलेसियाको जोहोर क्रिकेट एकेडेमी ओभलमा भएको थियो।

नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। मलेसियाले १६.५ ओभरमा पाँच विकेट गुमाएर जम्मा ४५ रन बनायो। ४६ रनको लक्ष्य पछ्याउँदै, नेपालले ११.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित दर्ता गर्यो।

नेपालकी कप्तान पूजा महतोले टोलीलाई जित दिलाउन ३२ बलमा अविजित २३ रनको महत्वपूर्ण योगदान दिइन्। ज्योत्सिंका मरासिनीले ७ रन र सिमाना केसीले ४ रन बनाइन।

मलेसियाको बलिङतर्फ मार्स्या किस्टिना बिन्ती अब्दुल्लाले तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन्। त्यस्तै, मलेसियाका लागि नुरिमान हिदायाहले सर्वाधिक १५ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका बलरहरूले सशक्त प्रदर्शन गरे। कप्तान पूजा महतोले चार विकेट लिँदै उत्कृष्ट बलिङ गरिन्। रचना चौधरीले तीन विकेट लिइन् भने रिया शर्मा र सिमाना केसीले एक–एक विकेट लिए।

समूह ‘डी’ मा रहेको नेपालले यसअघि समूह चरणका खेलहरूमा स्कटल्यान्ड, अस्ट्रेलिया र बंगलादेशसँग पराजय बेहोरेको थियो।

आजको जितले नेपालको टोलीलाई उत्साह प्रदान गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढ्ने संकेत नेपालले यो जितमार्फत दिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img