Wednesday, April 16, 2025
52 F
Washington DC.

केआईआईटीमा नेपाली छात्राको आत्महत्या प्रकरण: अस्थायी निलम्बन फिर्ता

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भुवनेश्वर (भारत) – भारतको उडिसा राज्यमा अवस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली छात्राको आत्महत्या पछि उत्पन्न विवादले नयाँ मोड लिएको छ। नेपाली विद्यार्थीहरूको विरोध प्रदर्शनपछि कलेज प्रशासनले उनीहरूलाई होस्टेलबाट निष्कासन गरेको थियो। तर, पछिल्लो अपडेट अनुसार कलेजले नेपाली विद्यार्थीमाथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको छ।

छात्राको आत्महत्या र अनुसन्धानको अवस्था

मृतक छात्रा प्रकृति लम्साल रूपन्देहीकी भएको बताइएको छ । उनी बी.टेकको तेस्रो वर्षमा अध्ययनरत थिइन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, उनी केआईआईटीमै अध्ययनरत एक छात्रसँग प्रेम सम्बन्धमा थिइन्। केही विवादपछि उनले आइतबार होस्टेलमा नै आत्महत्या गरेको प्रारम्भिक जानकारी छ।

भारतिय संचारमाध्यले भुवनेश्वरका डिसीपी पिनाक मिश्राको हवाला दिदै जानकारी दिए अनुसार, आत्महत्या दुरुत्साहन (abetment) को आरोपमा एक छात्रलाई नियन्त्रणमा लिइएको छ र अनुसन्धान जारी छ। प्रहरीले मृतक छात्राको मोबाइल, ल्यापटप र अन्य ग्याजेट जफत गरी विस्तृत अनुसन्धान गरिरहेको बताएको छ। मृतकको परिवारलाई घटनाको जानकारी दिइसकेको छ।

विरोध प्रदर्शन र नेपाली विद्यार्थीको निष्कासन

छात्राको मृत्यु सार्वजनिक भएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले कलेज प्रशासन विरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए। यसको प्रतिक्रियामा कलेजले विरोधमा सहभागी नेपाली विद्यार्थीलाई होस्टेल खाली गर्न आदेश दिएको थियो।

भारतीय मिडियाका अनुसार, सोमबार नेपाली विद्यार्थी बोकेका दुई बस कटक रेलवे स्टेशन पुगेका थिए। उनीहरूलाई त्यहाँबाट नेपाल पठाउने तयारी गरिएको थियो।

एक विद्यार्थीले भने, “हामीलाई जबरजस्ती होस्टेल खाली गराइयो र रेलवे स्टेशनमा ल्याइयो। फेब्रुअरी २८ मा हाम्रो परीक्षा थियो, तर अहिले हामी अनिश्चिततामा छौं।”

केआईआईटीको पछिल्लो निर्णय: नेपाली विद्यार्थीलाई फर्किन आग्रह

ताजा समाचार अनुसार, केआईआईटी प्रशासनले नेपाली विद्यार्थी निष्कासन गर्ने निर्णय फिर्ता लिएको छ। सोमबार जारी आधिकारिक वक्तव्यमा कलेजले नेपाली विद्यार्थीलाई “कलेजमा फर्किन” आग्रह गर्दै शैक्षिक गतिविधि पुनः सुचारु गरिने बताएको छ। वक्तव्यमा उल्लेख छ, “विद्यार्थीहरूको पढाइमा कुनै बाधा हुनेछैन। कलेजले उनीहरूको सुरक्षा र सुविधा पूरा गर्नेछ।”

कलेज प्रशासनका अनुसार, यो निर्णय शान्ति र न्याय प्रक्रिया अगाडि बढाउन लिइएको हो। यसको साथै, होस्टेल र कक्षा अस्थायी रूपमा बन्द गर्ने निर्णय पनि रद्द गरिएको छ।

विद्यार्थी सुरक्षा बहस चर्कियो

यस घटनाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ। नेपाल र भारत सरकारले घटनाको पूर्ण अनुसन्धान र विद्यार्थीहरूको सुरक्षाका लागि समन्वय गरी कदम चाल्ने घोषणा गरेका छन्।

यो प्रकरणको थप अपडेट आउँदै गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img