spot_img
Saturday, September 21, 2024
70.1 F
Washington DC.
spot_img

नेपाली साहित्यका विराट प्रतिभा लक्ष्मीप्रसाद देवकोटाको ११३ औं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम देवकोटाबाट नै भएको थियो।

सम्बन्धित समाचार

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ” जरुर साथी म पागल ” कविताका यी हरफ संगै नेपाली साहित्यमा देवकोटाको योगदानप्रति सम्मान प्रकट गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिंगटन डिसी मेट्रो च्याप्टरले आइतबार भर्जिनियामा ११३ औं लक्ष्मी जयन्ती मनाएको छ।

जरुर साथी म पागल!

“यस्तै छ मेरो हाल!
म शब्दलाई देख्दछु!
दृश्यलाई सुन्दछु!
बास्नालाई स्वाद लिन्छु!”

संस्थाका अध्यक्ष अरूण रूपाखेतीको सभापतित्वमा आयोजित उक्त कार्यक्रम अनेसास डिसी मेट्रो च्याप्टरका सचिव नीलकण्ठ सुवेदीले संचालन गर्नु भएको र शकुन्तला अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो।

वासिंगटन डिसीका कविहरुद्वारा लिखित कविता संग्रह

हृदय राज रूपाखेती शर्मा, दधिराम ढुँगाना, हरिकृष्ण पुडासैनी, सकुन्तला अधिकारी, लोक कुमारी सुवेदी, जगतमायॉ घिमिरे,दुर्गाभक्त अधिकारी, पुण्य प्रसाद घिमिरे, सन्जु बराल, शोभा नेपाल,लक्ष्मी शर्मा,अजिता रूपाखेती, विश्व थापा, अर्जुन ढुँगेल, सुनिल मणि दाहाल,राम शरण हुमागाई, विकाश अधिकारी, देवकुमारी रूपाखेती सबैले आ-आफ्नो सारगर्भित भनाई सहित कविता वाचन गरेर महाकवि देवकोटाप्रति हार्दिक श्रद्धा सुमन ब्यक्त गर्नु भएको थियो ।

उपस्थित कवि तथा साहित्यकारहरु:

प्रा. डा. बिष्णु घिमिरेले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनी तथा कृतिका बारेमा प्रकाश पार्दै महाकवि प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नु भएको थियो भने अनेसास विओटीका उपाध्यक्ष पुरू सुबेदीले संस्थाको स्थापनाका उद्धेश्यको बारेमा र अतिथी च्याप्टरका पूर्व अध्यक्ष प्रकाश नेपालले संस्थाको विगतका गतिबिधीको बारेमा समिक्षा गर्नु भएको थियो ।

सो कार्यक्रममा सम्पूर्ण सहभागीहरूले आफ्नो मन्तब्य र कविता समेत प्रस्तुत गर्नु भएको थियो ।

राम शरण हुमागाई कविता वाचन गर्दै
नीलकण्ठ सुवेदी कविता वाचन गर्दै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको परिचय र नेपाली साहित्यमा उहाको योगदान:

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि हुन्। नेपाली साहित्यका विराट प्रतिभा लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते ‘लक्ष्मीपूजा’को दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो भने उनी वि.सं. २०१६ भाद्र २९ मा परलोक भए । देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।

प्रारम्भिक जीवन: देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो।

जीबनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने ‘मैले आफ्नो जिन्दगी हरीनाम नजपेर ,नास्तिक भएर बिताएछु ,अब जान आँटीहाले 

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए ।

शिक्षा: देवकोटा सन् १९६६मा जन्मिँदा, देशमा राणा शासन थियो। राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन, तर धेरै चोटिको प्रयत्‍नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एकमात्र विद्यालय दरबार हाई स्कूलमा भर्ना गरिदिए। देवकोटा दरबार हाई स्कूलनै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए । सन् १९२५ मा देवकोटा त्रि-चन्द्र कलेजमा बिज्ञान बिषयमा भर्ना भए। बिज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे। सन् १९२९मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे ।

साहित्यिक यात्रा: देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसायोग्य छन्। यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे। यिनी एक पटक नेपालको शिक्षा मन्त्री सम्म भएका थिए। यिनैक पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।

नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम देवकोटाबाट नै भएको थियो।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्‍ने अद्वितिय प्रतिभा थियो। उनले शाकुन्तल महाकाब्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे। उनले नेपाली साहित्यलाई नया उचाइमा पुर्‍याए। “मुनामदन,”प्रचलित लोक भाकामा लेखिएको कृतिले नेपाली साहित्यमा संस्कृतको प्रभाब अन्त्य गर्‍यो। “पागल” कविता उनको अर्को महान कृति हो। जुन कवितामा उनले आफुलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन्| नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो।

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए। [२] देवकोटा चौध भाषा बुझथे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो। उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए। बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे। उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए।

व्यक्तिगत जीवन: १५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । विसं १९८५मा उनको पहिलो सन्तान छोरी सावित्री र १९८९मा जेठो छोरा प्रकाश जन्मिए । माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म विसं १९९३मा भएको थियो । कानूनमा स्नातकोपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के जहाँ उनले विभिन्न व्यक्तिगत सङ्कटहरू भोग्नु पर्‍यो। दुई वर्ष भित्रै उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती बियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो । पछिल्ला वर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुःखी बनायो र यसले उनको मस्तिष्क लाई समेत चोट पुर्‍यायो । उनले केही समय मानसिक संस्थामा पनि बिताए ।

अन्तिम वर्षहरु: दु:खमा दु:ख थपिएझैँ, देवकोटालाई १९५८ (बि सं२०१५)मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिए पछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि वि.स.२०१६ साल भाद्र २९ गतेका दिन उनको मृत्यु भयो।

सान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए- “मृत्यु मेरो अगाडि छ । म आकासमा नक्षत्रहरू खोज्छु तर भेट्दिन। म आफुलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफु र आफ्ना बच्चाहरूलाई मार्नेथिएँ ।” जीबनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने ‘मैले आफ्नो जिन्दगी हरीनाम नजपेर ,नास्तिक भएर बिताएछु ,अब जान आँटीहाले !’ अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कविता मार्फत यसरी व्यक्त गरे ।

संसार रूपी सुख स्वर्गभित्र,

रमें, रमाएँ लिई भित्र चित्र ।

सारा भयो त्यो मरूभूमि तुल्य,

रातै परेझै अब बुझ्छु बल्ल ॥१॥

रहेछ संसार निशा समान,

आएन ज्यूँदै रहँदा नि ज्ञान ।

आखिर श्रीकृष्ण रहेछ एक,

न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥

महामरूमा कणझैं म तातो,

जलेर मर्दो बिनु आश लाटो ।

सुकी रहेको तरूझैं छु खाली,

चिताग्नि तापी जल डाम्न फाली ॥३॥

संस्कार आफ्नो सब नै गुमाएँ,

म शून्यमा शून्य सरी बिलाएँ ।

जन्मे म यो स्वर्ग विषे पलाएँ,

आखिर मै खाक त्यसै बिलाएँ ॥४॥

महाकविप्रति ग्लोबल न्यूज ब्रेक परिवार श्रद्धासुमन अर्पण गर्दछ।  ।

श्रोत : कविता कोश

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img