spot_img
Friday, September 20, 2024
70.1 F
Washington DC.
spot_img

कांग्रेसमा विचलन आइरहेको भन्दै नेतृत्वको प्रतिस्पर्धाबाट नेता पौडेल अलग: देउवा , कोइराला, सिह र निधि मैदानमा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका छन । उनले आज एक प्रेस बिज्ञप्ति निकाल्दै घोषणा गरेका हुन्। 

पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै पौडेलले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन ।

पार्टीका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन तथा सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दै नेता पौडेलले प्रेस बिज्ञप्तिमा उल्लेख गरेका छन् , “मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिए, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ ।” पौडेलले पार्टी सत्ताको भर्याङ्गमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले आदर्श र मूल्यका लागि जीवनभर सङ्घर्ष गरेको स्मरण पनि गरेका छन ।

चौधौँ महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उल्लेख गर्दै  प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नु पर्ने अवस्थामा पुगेको स्मरण गराएका छन् । उनले एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनैरहने प्रतिबद्धता व्यक्त गरेका छन। 

“लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउनेछन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन,” नेता पौडेलले विज्ञप्तिमा भनेका छन , “राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ । प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।”

उता, नेपाली कांग्रेसको भावि सभापतिकालागि चार शीर्ष नेताहरुबीच मैदानमा उत्रिएका छन। बर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमाको दोश्रो पारिकालागि भिडेका छन् भने उनको प्रतिस्पर्धामा शेखर कोईराला, प्रकाशमान सिंह र विमलेन्द्र निधी उठेका छन।

देउवा र कोईरालाले आ-आफ्नो प्यानल नै बनाएरकाले यी दुई पक्षको नै मूल प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। उता, सिंहले एक उपसभापति र एक महामन्त्रीको प्यानल बनाएका छन् भने कुनै प्यानल बिनानै निधिले मैदानमा भिडने हिम्मत गरेका छन्।

Photo via Nepal Press
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img