spot_img
Friday, September 20, 2024
75.8 F
Washington DC.
spot_img

काँग्रेसले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्यो – कोईराला र देउवा बिच कडा भिडन्त हुने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

धेरै रस्साकस्सी र गुट उपगुटका बिचको समिकरण पश्चात नेपाली काँग्रेसले १४ औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार  सभापतिमा पाँच जना, दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि छ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको  छ ।

प्रकाशित नामावली अनुसार सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।

मतगणना सकिन कम्तीमा १० दिन लाग्न सक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।

कोईराला र देउवा बिच कडा भिडन्त हुने :

कॊइराला खेमाबाट महेश  आचार्य र गिरिजा पुत्री सुजाता कॊइराला बाहिरिएका छन्।  पार्टीका गुटहरूबाट अलग बनेर आफुले  उपसभापतिमा ‘स्वतन्त्र उम्मेदवारी दिएको महेस आचार्यले बताएका छन् भने सुजाता कॊइराला भने प्रकाशमान सिंहको टिम मा सामेल हुन् बाध्य भएकी छन् ।

महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका शेखर कोइरालाले आइतबार बिहान कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका छन् । कोईराला प्यानलमा गगन थापा र मिलेन्द्र रिजाल महामन्त्रीका लागि उठेका छन्।

उता, शेर बहादुर देउवा प्यानल पनि जीत हासिल गर्न कम्मर कसेर कार्यकर्ताहरुलाई फकाउन व्यस्त देखिएको छ।

देउवा र कोईरालाले आ-आफ्नो प्यानल नै बनाएरकाले यी दुई पक्षको नै मूल प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img