Tuesday, May 20, 2025
65.7 F
Washington DC.

पत्रकार डेकेन्द्रराज थापाको हत्याको १७ वर्षपछि तीनजना अभियुक्तलाई जन्मकैदको फैसला

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको समाचार गोरखापत्रले छापेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आइतवार उक्त फैसला गरेको हो ।

गोरखापत्रका प्रतिनिधि कमल शर्माका अनुसार डेकेन्द्र थापाको हत्याको १७ वर्षपछि दुल्लू नगरपालिका–६ छिउडी पुसाकोटका ४१ वर्षीय खड्कालाई सो सजाय भएको हो । आफू लगायत नौ जना विरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई दुई वर्ष अघि कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै दैलेख पठाएको थियो ।

शर्माका अनुसार, प्रहरीले खड्कालाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तवीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो ।

कमल शर्माको रिपोर्टका अनुसार अदालतको यो फैसलामा ‘अरुण’ भन्ने बमबहादुर खड्काको अलवा कसूरदार साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लू नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैदको सजाय सुनाइएको छ।

पत्रकार शर्माका अनुसार मुल्तवीबाट जगाइएको कर्तव्य ज्यान सम्वन्धी यो मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तवी लगत कट्टा भएको व्यहोरा पत्रकार शर्मालाई बताएका छन्।

सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते खानेपाीको बिबाद मिलाउन भन्दै बोलाएर अपहरणमा परेका पत्रका थापालाई नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर जीउँदै खाल्डोमा गाडेका थिए ।

अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो । पत्रकार मासिएको भन्दै त्यतै बेला माओवादीको कडा आलोचना भएकोले माओवादीले थापालाई गाडिएको ठाउँ समेत गोप्य राखेका थिए ।

शान्ति प्रक्रियापछि अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगले २०६५ साउन १३ गते नौमस्ले गाउँपालिका–३ द्वारीमा गाडिएको थापाको शव उत्खनन् गरिएपछि न्यायिक प्रक्रिया सुरु भएको थियो ।

घटनाको ४ वर्षपछि थापाको कंकालको बैज्ञानिक परीक्षणपछि २०६५ साउन १८ गते हिन्दूर धार्मिक परम्परा अनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारपछि पत्रकार थापाकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।

सशस्त्र युद्धकालिन समयको घटना भएकोेले बिस्तृत शान्ति सम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै माओवादी पक्षले दिएको दवावका कारण मुद्दा चल्न सकेको थिएन । पत्रकारहरुको नियन्तर दवावपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका ९ जना मध्ये ५ जनालाई निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

पक्राउ परेकाहरुका सन्दर्भमा २०७१ मंसिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । उनीहरुले  कैद भुक्तान गरी सकेका छन् ।

उक्त फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठको आरोपित साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत ४ जना पक्राउ परेको बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो ।

पत्रकार थापा रेडियो नेपालको दैलख सम्वाददाता थिए । थापाका श्रीमती, दुई छोरी र छोरा छन् ।

स्वर्गिय पत्रकार डेकेन्द्रराज थापाले लोक भाकाको गीत गाउदै गर्दाको भिडियो:

सामाग्री श्रोत : कमल शर्मा / गोरखापत्र

हेर्ने कथा :

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img