Wednesday, June 10, 2026
72.7 F
Washington DC.

काठमाडौंमा सामूहिक बलात्कारमा संलग्न नौ युवाहरु पक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा भएको सामूहिक बलात्कारमा संलग्न नौ युवालाई प्रहरीले पक्राउ गरेको छ ।सुर्खेतबाट कामको खोजीमा काठमाडौं आएकी ३३ वर्षीया महिला पीडित भएको प्रहरीले जनाएको छ।

प्रहरीले मंगलबार राति सात र बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले बुधबार साँझ सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका वडा नं २ का २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय शिवहरि बुढा, २३ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । १० नं ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका–११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष छन्।

बलात्कारमा संलग्न सबै अभियुक्त वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको प्रहरी प्रवक्ता दिनेशराज मैनालीले सञ्चार माध्यमलाई बताए।

उनका अनुसार पीडित ३३ वर्षीया महिला सुर्खेतबाट कामको खोजीमा काठमाडौं आएकी हुन् । प्रारम्भिक अनुसन्धानमा श्रीमान् केही समयदेखि बेपत्ता रहेको खुलेको छ।

मैनालीका अनुसार सोमबार साँझदेखि मंगलबार बिहानसम्म महिलालाई बसपार्कका विभिन्न गेस्ट हाउसमा लगेर बलात्कार गरेको थियो।

महिलाले प्रहरीलाई खबर गरेपछि अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पदहरुको पहिचान गरी पक्राउ गरिएको मैनालीले बताए।

सीसीटीभी फुटेज र प्राविधिक विश्लेषण गरी घटनामा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img