Thursday, April 23, 2026
78.7 F
Washington DC.

प्राङ्क’ भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नेलाई कारवाहि हुने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सम्बन्धित व्यक्तिको सहमति नलिई मनोरन्जनका नाममा ‘प्राङ्क’ भिडियो बनाई सामाजिक सञ्जालमा राखी प्रकाशन गरेमा गृह मन्त्रालयले कारबाही गर्ने भएको छ। 

गृह मन्त्रालयले आज एक सूचना जारी गरी यस्ता तस्विर र ‘भिडियो’ बनाएर सम्वन्धितलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।

‘सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न अनुरोध छ’ भनि बिहीबार जारी विज्ञप्तिमा गृह मन्त्रालयले उल्लेख गरेको छ। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img