Friday, March 6, 2026
53.4 F
Washington DC.

भारतका ‘डिस्को किङ्ग’ बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतमा डिस्को संगीतलाई लोकप्रिय बनाउन योगदान दिएका  बलिउडका चर्चित गायक, संगीतकार बप्पी लहरीको मंगलबार राति विभिन्न स्वास्थ्य समस्याका कारण मुम्बईको जुहुस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको छ। उनी ६९ वर्षका थिए ।

“डिस्को किङ” भनेर चिनिने दिग्गज बप्पी लहरीले १९८० -९० को दशकमा ‘शराबी’, ‘चलते चलते’, ‘डिस्को डान्सर’, ‘नमक हलाल’ लगायतका चलचित्रहरूमा लोकप्रिय संगीत दिएका थिए । उनको अन्तिम बलिउड गीत २०२० को फिल्म “बाघी 3” को लागि “भंकस” गीत  थियो।

उनी संगीत क्षेत्रमा बाहेक सुनको चेन, ब्रेसलेट, औंठी र घडी का सौखिन व्यक्तिका रुपमा पनि परिचित थिए।

बप्पी लहरी भनेर चिनिएका आलोकेश लहरीका बुबा अपरेश लहरी र आमा बाँसुरी लाहिरी दुवै बंगाली संगीतकार थिए। बप्पीले सानै उमेरमा संगीतको दुनियाँमा प्रवेश गरेका थिए र तीन वर्षको हुँदा कलकत्ताको इडेन गार्डेनमा तबला बजाउँदै डेब्यु गरेका थिए। बप्पीले एक अन्तर्वार्तामा लता मंगेशकरले आफ्ना अभिभावकलाई पण्डित समता प्रसादजीकहाँ तालिमका लागि पठाउन आग्रह गरेको खुलासा गरेका थिए ।

धेरै वर्ष उनले संगीत उद्योगमा लता मंगेशकर र किशोर कुमार जस्ता दिग्गजहरूसँग काम गरे।

दिग्गज ‘डिस्को किङ’ बप्पी लहरीको निधनमा सिंगो बलिउड चलचित्र क्षेत्र र उनका फ्यानहरु शोकमा छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img