spot_img
Friday, September 20, 2024
63.6 F
Washington DC.
spot_img

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री  शहबाज शरीफका पाँच ठुला चुनौती 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री  शहबाज शरीफका अगाडि चुनौतीहरूका पहाड छन्।  पाकिस्तानी मुस्लिम लीग-नवाजका अध्यक्ष शहबाज शरीफ तीन पटक प्रधानमन्त्री भइसकेका नवाज शरीफका भाई हुनुहुन्छ।

त्यसो त शहबाज शरीफ  निर्विरोध पाकिस्तानका प्रधानमन्त्री चुनिनु भयो किनकी इमरान खानको पार्टीले चुनाव मात्र हैन संसद नै बहिस्कार गरेर हिडिसकेको छ। यसभन्दा अगाडि विपक्षका नेता र पाकिस्तान मुस्लिम लीग-नवाजका अध्यक्ष शहबाज शरीफ प्रधानमन्त्री भएपछि अमेरिका र पश्चिमका अन्य मुलुकसँग सम्बन्ध सुधार गर्ने चुनौती त छदैछ त्यस बाहेक शरीफका अगाडि देखिएका पाँच मुख्य चुनौतीहरू यस्ता छन्:

भ्रष्टाचारको आरोप: शहबाज शरीफका बारेमा पूर्व प्रधानमन्त्री इमरान खानले भनिसक्नु भएको छ, “एक त्यस्तो  व्यक्ति जसमाथि १६ अर्ब पाकिस्तानी रुपैयाँको भ्रष्टाचारको आरोप छ। उसलाई पाकिस्तानको प्रधानमन्त्री बनाउनु जस्तो ठूलो पाकिस्तानको बेइज्जती अरु हुनै सक्दैन।” त्यसमाथि शहबाज शरीफका ठूल्दाई तथा पूर्व प्रधानमन्त्री नवाज शरीफको नाम पानामा पेपर मामिलामा मुछिएको छ र भ्रष्टाचारको मुद्दा छ। उपचारका लागि चार हप्ताको अनुमति लिएर लन्दन गएका नवाज शरीफ पाकिस्तान कहिल्यै फर्किनु भएन।

गिरफ्तारीको खतरा: पाकिस्तानको प्रधानमन्त्री बन्न अगाडी शहबाज शरीफ र उनका छोरा हमजा शहबाजका विरूद्ध मनी लन्ड्रिगको एउटा ठूलो मुद्दा चलिरहेकोछ। सोमवार मात्रै अदालतले यो अभियोगलाई २७ अप्रिलसम्मका लागि रोकिदिएको छ। यसका साथै सोमवारनै शहबाज शरीफको पक्राउ पर्नबाट रोक्ने जमानतको समय पनि २७ अप्रिलसम्मका लागि थाँती राखिदिएको छ। यसको अर्थ हो शहबाज गिरफ्तारीको खतरा अझै छ। पाकिस्तानको फेडरल इन्भेस्टिगेशन एजेन्सीले पनि सोमवारका लागि शहबाज शरीफलाई व्यक्तिगत रूपमा अदालतमा उपस्थित हुन नपर्ने गरी छट दिएको थियो।

पाकिस्तानमा चुनावको मुद्दा:  पाकिस्तानमा अगामी चुनाव नोभेम्बरसम्म गराउनु पर्ने छ। सदनमा अविश्वास प्रस्तावमा हारेपछि इमरान खानलाई आमजनताको सहानुभूति देखिएको छ। यो सहानुभूति अगामी चुनावसम्म कायम भएमा जनताको भोट इमरान खानको पार्टीमा खनिन सक्ने ठुलो चुनौती शहबाज शरीफका अगाडी छ।

पाकिस्तानमा विपक्षी एकतामा खतरा: अहिले १३ पार्टीको विपक्षी गठबन्धनबाट निर्विरोध रूपमा शहबाज शरीफलाई प्रधानमन्त्री बनाइएको हो। तर यी विपक्षी पार्टीको एकआपसमा अनेकन मतभेद छ। इमरान सत्ताबाट बाहिरिएसँगै शहबाज शरीफलाई यी सबैसँग सत्ता बाँडफाँडको ठुलो चुनौती छ।

पाकिस्तानको अर्थव्यवस्था: पाकिस्तानमा इमरान सरकारको सबैभन्दा ठुलो मुद्दा पाकिस्तानमाथि बढिरहेको विदेशी ऋण र बढिरहेको महंगी थियो। १३ पार्टीको विपक्षी गठबन्धनको इमरान विरूद्धको सबैभन्दा ठुलो हतियार पनि यही नै थियो। शहबाज़ शरीफका लागि पाकिस्तानको जर्जर अर्थव्यस्था सम्हाल्नु सबैभन्दा ठुलो चुनौती साबित हुनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img