spot_img
Friday, September 20, 2024
63.6 F
Washington DC.
spot_img

क्रिकेटमा दिपेन्द्रसिंह ऐरीको लोभलाग्दो छर्लाङ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आशुतोष अधिकारी, काठमान्डौ

नेपाली खेलाडी दिपेन्द्रसिंह ऐरी विश्व क्रिकेट परिषद्ले हिजो सार्वजनिक गरेको टी–२० अलराउण्डरहरूको वरियताक्रमको शीर्ष १० भित्र पर्न सफल भएका छन्।गत महिना काठमाडौंमा सम्पन्न त्रिदेशीय टी–२० श्रृंखलामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेर ‘म्यान अफ दि सिरिज’ को उपाधि जित्न सफल भएका ऐरी १५२ रेटिङ प्वाइन्ट सहित विश्व वरियताको १०औँ स्थानमा पर्न सफल भएका हुन्।

गत महिना सम्पन्न टी–२० सिरिजका पाँच खेलमा दुई अर्धशतक र एक शतकसहित ५० भन्दा माथिको औसतमा २५५ रन बनाएका ऐरीले बलिङतर्फ सात विकेटसमेत लिएका थिए।यही प्रदर्शनका आधारमा उनी ३८ औँ स्थानबाट २८ स्थान फड्को मार्दै शीर्ष १० भित्र अटाएका हुन्।पूरा प्रतियोगिताभरि उत्कृष्ट खेल प्रस्तुत गरेका ऐरीले सिरिजको फाइनलमा पीएनजी विरुद्ध गरेको प्रदर्शनका आधारमा उनी शीर्ष १० भित्र परेका आइसीसीले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ।

यही श्रृंखलाको फाइनलमा अर्धशतक बनाउँदै दिपेन्द्रले टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यानको किर्तिमान कायम गरेका थिए।दिपेन्द्रले ३९ टी–२० खेलमा ३९.७३ को औसत र १३३ भन्दा माथिको स्ट्राइकरेटमा १०५५ रन बनाइसकेका छन्।

दुई महिनाअघि युएईमा सम्पन्न टी–२० विश्वकप छनौटमा समेत उत्कृष्ट प्रदर्शन गरेका ऐरीलाई आइसीसीले फरबरी महिनामा ‘प्लेयस अफ दी मन्थ’ को शीर्ष ३ मा मनोनयन गरेको थियो।दिपेन्द्र टी–२० को ब्याटिङ वरियताक्रमा समेत ५१ औँ स्थानमा पुग्न सफल भएका छन्।

वरियताक्रममा नेपाल र नेपाली खेलाडी

आइसीसीले प्रत्येक महिना टेस्ट, एकदिवशीय र टी–२० को छुट्टाछ्ट्टै वरियताक्रम सार्वजनिक गर्ने गर्दछ।त्यसमा टिम र प्लेयरको अलग–अलग र्‍याङ्किङ हुने गर्छन।नेपाल टी–२० वरियताक्रमको बाह्रौं स्थानमा छ जुन नेपालले अहिलेसम्म हासिल गरेको सबैभन्दा माथिल्लो स्थान हो।

त्यस्तै दिपेन्द्रको अहिलेको सफलता पनि आइसीसीले जारी गर्ने कुनै पनि फर्म्याटको र्‍याङ्किङमा नेपाली खेलाडीले हात पारेको सबैभन्दा उच्च स्थान हो।यसअघि नेपाली टोलीका पूर्वकप्तान पारस शाह सन् २०१९ मा टी–२० अलराउण्डरको वरियताक्रमको २५औँ स्थानसम्म पुग्न सफल भएका थिए।

नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आइसीसीको टी–२० विश्व वरियताक्रमको २९औँ स्थानमा उक्लन सफल भएका छन्।२०२१ को मार्च महिनामा ९३औं स्थानसहित पहिलोपटक विश्व वरियताक्रमको शीर्ष सय ब्याट्सम्यानभित्र पर्न सफल भुर्तेलले त्यसयता आफ्नो स्थानमा लगातार सुधार गर्दै आएका छन्।पछिल्लो महिना ३१र्औ स्थानमा रहन सफल भुर्तेलले यसपटक दुई स्थान माथि उक्लन सफल भए।

बलिङतर्फ नेपाली टोलीका कप्तान सन्दिप लामिछाने पनि ५ स्थान सुधार गर्दै टी–२० वरियताक्रमको ३६औँ स्थानमा उक्लन सफल भए।त्यस्तै मिडियम पेस बलस अविनाश बोहरा पनि वरियताको ८१ औँ स्थानमा उक्लन सफल भएका छन्।

टी२० र्‍याङ्किङमा नन्टेस्ट नेशन‘ को प्रभाव

आइसीसीले जारी गरेको टी–२० वरियताक्रममा टेस्ट नखेल्ने राष्ट्र र खेलाडीहरूको समेत दरिलो उपस्थिति रहेको देख्न सकिन्छ।टेस्ट खेल्ने राष्ट्र श्रीलंका र बंगलादेशलाई पछाडि पार्दै अफगानिस्तान टी–२० वरियताको आठौं स्थानमा रहेको छ।१२औँ स्थानमा रहेको नेपाल आइसीसीको एशोसिएट्स राष्ट्रहरूमध्ये सबैभन्दा अगाडि छ।

टी–२० अलराउण्डरहरूको सूचीमा अफगानिस्तानका मोहम्मद नवी २७६ रेटिङ सहित पहिलो नम्वरमा छन् भने दोस्रो स्थानमा बंगलादेशका सकिब अल हसन (२३२) छन्।सूचीको शीर्ष दशमध्ये चौथो स्थानमा नामिबियाका जे जोनाथन स्मिथ, छैठौँमा युएईका रोहन मुस्तफा र आठौँ स्थानमा ओमानका जिसान मकसूद स्थान बनाउन सफल भएका छन्।शीर्ष २० भित्र पनि टेस्ट खेल्ने राष्ट्रका केवल ७ खेलाडीमात्र छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img