spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img

अन्तिम विश्वकप खेल्न गइरहेका शीर्ष १० खेलाडी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आशुतोष अधिकारी | काठमान्डौ  

यसै वर्षको नोभेम्वरमा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिता एक्काइसौँ शताब्दीका केही महान फुटबल खेलाडीहरूको अन्तिम विश्वकप हुने निश्चित छ । सन् २००६ विश्वकपमा ‘डेब्यु’ गर्दै त्यसपछिका चारै विश्वकप फुटबलमा सहभागी हुँदै आएका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीका लागि पनि सम्भवतः विश्वकप २०२२ पाँचौँ तथा अन्तिम विश्वकप हुनेछ ।

आफ्नो अन्तिम विश्वकप खेल्न गइरहेका शीर्ष १० खेलाडीहरूको बारेमा हामी यहाँ चर्चा गर्दैछौँ ।

१) क्रिस्टियानो रोनाल्डोपोर्चुगल : यसपटक पोर्चुगलले विश्वकपमा छनौट हुन धेरै संघर्ष गर्नुपरेको थियो । विश्वकप छनौटको प्लेअफ फाइनलमा पोर्चुगलले नर्थ मेसेडोनियालाई हराएपछि मात्र ३७ वर्षीय यी खेलाडीको पाँचौपटकको विश्वकप यात्रा पक्का भएको थियो । ३७ वर्षको उमेरमा पनि रोनाल्डोले आफ्नो फिटनेशमा कुनै किसिमको खोट लगाउने ठाउँ बाँकी राखेका छैनन् । यद्यपि २०२६ मा रोनाल्डोको उमेर ४१ वर्ष पुग्ने भएका कारण विश्वकप २०२२ उनको अन्तिम विश्वकप हुने निश्चितप्रायः छ ।

२) लियोनल मेस्सीअर्जेन्टिना : लियोनल मेस्सीले २००६ मा विश्वकपमा ‘डेब्यु’ गरेका थिए जतिखेर उनको उमेर केवल १८ वर्षको मात्र थियो । मेस्सीकै जादुमयी प्रदर्शनको सहयोगमा उनको टोली २०१४ को विश्वकपमा फाइनलसम्म पुग्न सफल भए पनि अर्जेन्टिना जर्मनीको हातबाट १–० ले पराजित भएको थियो । गत वर्ष आफ्नो देशलाई २६ वर्षपछि कोपा अमेरिकाको उपाधि दिलाउन अहम् भूमिका खेलेको मेस्सी अहिले ३४ वर्षको उमेरमा हिँडिरहेका छन् ।

मेस्सीको फिटनेशमा खासै समस्या नभए पनि उनले बार्सिलोना छोडेर पीएसजी आएपछि बितेका परिस्थितिहरूलाई आँकलन गर्दा यस वर्ष कतारमा आयोजना हुने विश्वकप नै उनको अन्तिम विश्वकप हुने कुरा भने सहजै अनुमान गर्न सकिन्छ ।

३) लुका मोडरिकक्रोएशिया :मेसी–रोनाल्डोको युग मानिएको पछिल्लो डेढ दशकको अवधिमा विश्व फुटबलमा उनीहरूको प्रभुत्वलाई तोड्दै बलोन’डे’आर जित्न सफल एक मात्र खेलाडी हुन् क्रोएशियाका लुका मोडरिक । उनकै प्रेरणादायी प्रदर्शनको सहयोगमा क्रोएशियाले २०१८ को विश्वकपमा फाइनलसम्म पुग्न सफल भएको थियो ।

रियल म्याड्रिले यो सिजन च्याम्पियन्स लिगमा पीएसजी र चेल्सीजस्ता टोलीविरुद्ध सशक्त जीत हात पार्दा ३६ वर्ष लागेका यी खेलाडीको प्रदर्शनले महत्वपूर्ण भूमिका खेलेको थियो । एक्काइसौँ शताब्दीकै एक महान मिडफिल्डर अहिले केही चोटसँग पनि संघर्ष गरिरहेका कारण २०२२ उनको अन्तिम विश्वकप हुनेछ ।

४) करिम बेन्जेमाफ्रान्स : फ्रान्सेली राष्ट्रिय टोलीमा करिम बेन्जेमाको यात्रा उतारचढावहरूले भरिपूर्ण छ । २०१० को विश्वकपको टोलीबाट बाहिरिए पछि उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्न धेरै संघर्ष गर्नुपरेको थियो । पछिल्लो दशकमा फ्रान्सले पाएको एउटा अब्बल दर्जाका खेलाडी बेन्जेमा २०१८ मा फ्रान्सले विश्वकपको उपाधि उचाल्दा पनि टोली बाहिर नै थिए ।

आफ्नो लामो फुटबल क्यारियरमा सम्भवतः उच्च फर्ममा रहेका बेन्जेमा  यूरो २०२० यता फ्रान्सेली टोलीका प्रमुख खेलाडी रहँदै आएका छन् । जारी सिजनमा च्याम्पियन्स लिगका नकआउट चरणका दुई खेलमा लगातार ह्याट्रिक गरेका ३४ वर्षका बेन्जेमाका लागि पनि यो विश्वकप अन्तिम हुनेछ ।

५) रोवर्ट लेवान्डोस्कीपोल्याण्ड : यदि फिटनेशको सवालमा क्रिस्टियानो रोनाल्डोको पदचापलाई पछ्याउँदै जाने हो भने ३७ वर्षको उमेरमा पनि रोवर्ट लेवान्डोस्कीले २०२६ को विश्वकप खेल्न सक्दैनन् भन्न सकिन्न । बार्यन म्युनिकका यी गोल मेशिन ३० वर्ष पार गरिसक्दा पनि गोलपोष्ट अगाडि त्यति नै घातक र असरदार देखिन्छन् ।  ३३ वर्षका पोलिश खेलाडीले अहिलेसम्म विश्वकपमा गोल गर्न सकेका छैनन् । यसपटक त्यो रेकर्डमा सुधार ल्याउने अवसर उनलाई प्राप्त भएको छ ।

६) लुइस स्वारेजउरूग्वे : चौथोपटक विश्वकप खेल्न गइरहेका लुइस स्वारेजको लागि यो विश्वकप सम्भवतः यो अन्तिम पनि हुनेछ । बार्सिलोनाका यी पूर्व स्ट्राइकरलाई आफ्नो समयका एक उत्कृष्ट फरवार्ड मानिन्छन्, तथ्यहरूले नै त्यो बताइसकेको छ ।

स्वारेजले उरूग्वेका लागि सबैभन्दा धेरै ५५ गोल गरेका छन् र सम्भवतः उनी एक–दुई वर्षभित्र राष्ट्रिय टोलीबाट बिदा पनि भइसक्नेछन् । त्यसैले कतार २०२२ नै उनको अन्तिम विश्वकप हुनेछ ।

७) म्यानुएल नुएरजर्मनी :म्यानुएल नुएर जर्मनीको मात्र नभएर एक्काइसौँ शताब्दीकै उत्कुष्टमध्येका एक गोलरक्षक मानिन्छन् । २०१० यता लगातार जर्मनीको नम्बर एक गोलकिपरका रूपमा रहन सफल नुएरको विश्वकपमा यो चौथो सहभागिता हो । २०१४ मा जर्मनीले विश्वकप जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए । २०२६ को विश्वकपमा नुएर ४० वर्ष पुगिसक्नेछन् र उनले सम्भवतः त्यसभन्दा धेरै अघि राष्ट्रिय टोलीबाट विदा लिइसकेका हुनेछन् ।

८) सर्जियो रामोसस्पेन : यी लेजेन्डरी स्पेनी डिफेन्डर आफ्नो आक्रामक शैलीका कारण जति चर्चित छन्, त्यति नै आफ्नो खेलका कारण पनि छन् । स्पेनका लागि उनले विश्वकप देखि यूरोकप सम्मका प्रमुख सबै उपाधि जितिसकेका छन् । सन् २००५ मा स्पेनी टोलीबाट डेब्यु गरेयता रामोसले देशका लागि लगातार खेल्दै आएका छन् । आफ्नो खेलजीवनको उत्तरार्धमा आइपुगेका ३६ वर्षका रामोसले सम्भवतः यो विश्वकप पछि नै राष्ट्रिय टोलीबाट सन्यास लिनेछन् ।

९) ह्यगो लोरिसफ्रान्स : सन् २००८ बाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै आएका ह्युगो लोरिसले राष्ट्रिय टोलीका लागि थुप्रै उपाधि जितिसकेका छन् । उनले फ्रान्सका लागि दुई नेसन्स कप, तीन युरोकप र तीन विश्वकपमा सहभागिता जनाउँदै २०१८ मा विश्वकप उपाधि समेत जितेका छन् । १०८ क्याप सहित उनी फ्रान्सका लागि सबैभन्दा धेरैपटक खेल्ने खेलाडी समेत बन्न पुगेका छन् । उनले पनि यो विश्वकप पछि नयाँ पिँढीलाई गोलपोष्टको जिम्मेवारी सुम्पने सम्भावना प्रवल छ ।

१०) सर्जियो बुस्क्वेट्स्स्पेन : ३४ वर्षका सर्जियो बुस्क्वेट्स अहिले पनि स्पेनी राष्ट्रिय टोली र बार्सिलोनाको मिड फिल्डको मुख्य खेलाडी मानिन्छन् । उनी स्पेनका लागि धेरै क्याप जित्ने खेलाडीहरूको सूचीमा तेस्रो नम्वरमा पर्छन् । २००९ मा राष्ट्रिय टोलीका लागि पहिलेपटक खेलेयता उनी स्पेनका प्रमुख मिडफिल्डरका रूपमा निरन्तर खेल्दै विश्वकप र युरोकप समेत जितिसकेका छन् । चौथोपटक विश्वकप खेल्न गइरहेका बुस्क्वेट्सका पनि यो अन्तिम विश्वकप नै हो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img