spot_img
Sunday, September 22, 2024
70.7 F
Washington DC.
spot_img

रियल म्याड्रिडलाई ला लिगाको उपाधि

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चार चरणको खेल अगावै रियल म्याड्रिड स्पेनिस ला लिगा च्याम्पियन बन्न सफल भएको छ।गए राति घरेलू मैदानमा भएको खेलमा इस्पान्योललाई ४–० को गोलअन्तरले पराजित गर्दै रियलले किर्तिमानी ३५औँ पटक लिग उपाधिमाथि कब्जा जमाएको थियो।

रियललाई ला लिगाको उपाधि जित्न शनिवार एक अंकमात्र पनि पर्याप्त थियो।३३ चरणको खेलको समाप्तिमा २४ जित, ६ बराबरी र ३ हार सहित रियल ७८ अंक बोकेर लिगको शिर्ष स्थानमा थियो।दोस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाटै ६३ अंक र तेस्रो स्थानको सेभियाको ३३ खेलबाटै ६१ अंक रहेको थियो।

शनिवार इस्पान्योलमाथि ४–० को सहज जित हासिल गर्दै रियलले ८० हजार भन्दा बढी घरेलू समर्थकसामू लिग उपाधिको खुशी मनायो।रियलको जितमा रोड्रिगोले दुई गोल गरे भने मार्को एसेन्सियो र करिम बेन्जेमाको नाममा एक–एक गोल रह्यो ।

यो सिजन रियल म्याड्रिडलाई लिग च्याम्पियन बनाउन क्लबका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको भूमिका विशेष रह्यो।रियलले हात पारेका थुप्रै महत्वपूर्ण जितमा बेन्जेमा निर्णायक गोल गर्न सफल भए।चालू सिजनमा बेन्जेमाले ला लिगामा २६ गोल गरिसकेका छन् र शीर्ष गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन्।११ असिस्ट गरेका उनी बार्सिलोनाका ओस्मान डेम्बेलेसँगै ‘टप असिस्ट प्रोभाइडर’ को सूचीमा समेत एक नम्वरमै छन्।क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म डोर्‍याउन समेत बेन्जेमाको प्रमुख भूमिका रहेको छ।

रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सोलोटीका लागि पनि यो लिग उपाधि विशेष रह्यो।२०१३ मा पहिलोपटक रियलको प्रशिक्षक नियुक्त भएर दुई सिजन क्लबमा बिताउँदा उनले रियललाई चार उपाधि दिलाएका थिए।उनले २०१३–१४ को कोपा डेल रे, युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लव विश्वकपको उपाधि दिलाएका एन्सोलोटीले त्यो कार्यकालमा ला लिगाको उपाधि भने जित्न सकेका थिएनन्।२०२१ को जुनमा दोस्रो पटक रियलको प्रशिक्षकको पद सम्हालेपछि उनले क्लबलाई ला लिगाको उपाधि पनि दिलाएर त्यो कमीलाई पूरा गर्न सफल भएका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img