Friday, March 6, 2026
51.9 F
Washington DC.

पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वे ए सँग पराजित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पहिलो टी–ट्वान्टी सिरिजअन्तर्गतको खेलमा नेपाल जिम्बाब्वे ‘ए’ क्रिकेट टोलीसँग पराजित भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा जिम्बाब्वेले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो।

जिम्बाब्वेका लागि तडिवानाशे मरुमानीले ५६ र टोनी मुनयोङ्गाले ५० रन बनाए । नेपालका बसिर अहमदले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए ।

नेपालका तर्फबाट मोहम्मद आदिल आलमले नटआउट ४७ र कुशल भुर्तेलले ४६ रन बनाए । आलमले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दैँ ४७ रन जोडे ।

कुशलले ३१ बलमा ८ चौका प्रहार गर्दैँ ४६ रन जोडे । नेपालले र जिम्बाब्वेबीचको दोस्रो टी–ट्वान्टी खेल भने सोमबार हुनेछ ।

अमेरिकामा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ‘ए’ टोलीसँग सिरिज खेलिरहेको हो । तयारी सिरिजमा नेपाली र जिम्बाब्वे ‘ए’ बीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img