Friday, March 6, 2026
53.4 F
Washington DC.

प्रेस स्वतन्त्रताः नेपालमा सुध्रिँदै, भारतमा खस्कदैँ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रिपोर्टर्स विदआउट बोर्डर्सले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ७६ औँ स्थानमा पुगेको छ। सन् २०२२ संस्करणले १८० देश र क्षेत्रहरूमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दा नेपालले उक्त स्थान पाएको हो। यसअघि नेपालको स्थान १०६ नम्बरमा थियो।

रिपोर्टर्स विदआउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारतको स्थान भने खस्कदैँ गएको छ। १८० देशमध्ये भारत १५० औं स्थानमा पुगेको छ। यसअघि भारतको स्थान १४२ नम्बरमा थियो। पाकिस्तान भारतभन्दा ७ नम्बर पछाडि अर्थात १५७ औं स्थानमा छ । सबैभन्दा राम्रो स्थितिमा चाहिँ नर्वे, डेनमार्क र स्विडेन छन्, पहिलो, दोस्रो र तेस्रो स्थानमा। यसैगरी इस्टोनिया, फिनल्याण्ड, आयरल्याण्ड, पोर्चुगल र कोस्टारिका क्रमशः चौथो, पाँचौं, छैटौँ, सातौँ र आठौं स्थानमा छन् । 

चीन, सिरिया, इराक, उत्तर कोरिया, इरान, क्युबा र म्यानमार सबैभन्दा कम प्रेस स्वतन्त्रता भएका देश हुन् ।

यसैबीच राष्ट्रिय सूचना आयोग विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ का अवसरमा शुभकामना वक्तव्य जारी गर्दै विश्वसनीय र सत्य सूचना प्रवाहका माध्यमबाट देशमा सुशासन कायम गर्न र सुसूचित नागरिक तयार गर्न आमसञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ। सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाद्वारा जारी वक्तव्यमा भनिएको छ- आमसञ्चारकर्मीको सक्रिय सहभागिताबाट मात्र सूचनाको हकको प्रभावकारिता वृद्धि गर्न सकिन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img