spot_img
Sunday, September 22, 2024
66 F
Washington DC.
spot_img

काठमाडौंको मत गणना राष्ट्रिय सभा गृहमा आजै हुने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरको मत गणना राष्ट्रिय सभा गृहमा आजै हुने भएको छ।

यतिबेला मतपेटीका ल्याउनेक्रम जारी रहेको, मतगणनाका लागि कर्मचारी खटाइएको र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौँका सबै पालिकाका मतगणनास्थलमा जाली लगाइएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले संचार माध्यमलाई जानकारी दिएका छन्।

काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका गणनाका लागी राष्ट्रिय सभा गृहमा ल्याइएको हो। सबै मतपेटीका प्राप्त भए पछि सर्वदलीय बैठक पश्चात मतगणनाको प्रक्रिया सुरु हुनेछ। एकसाथ पाँच वडाबाट गणना सुरु गर्ने तयारी रहेको खतिवडाले जानकारी दिएका छन्।

मुख्य निर्वाचन अधिकृत खतिवडाका अनुसार राष्ट्रिय सभा गृहको मतगणना परिणामलाई सार्वजनिक गर्न काठमाडौँ महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखेको छ। यसैगरी सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गर्ने, सञ्चार कक्षबाट मत गणना घोषणाको प्रत्यक्ष प्रशारण गर्न मिल्ने व्यवस्था मिलाइएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img