spot_img
Saturday, September 21, 2024
68.9 F
Washington DC.
spot_img

कछुवाको गतीमा काठमाण्डौको मतगणना- नोट गनेजस्तो नहुने भन्छन मुख्य निर्वाचन अधिकृत

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जीएनबी संवाददाता, काठमाण्डौ

कछुवाको गतीमा काठमाण्डौ महानगरपालिकाको मतगणना भएको भन्दै बिरोध भए पश्चात महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नोट गनेजस्तो मतगणना हुन नसक्ने भन्दै मतगणना कार्य सजिलो नभएको बताएका छन्।

खतिवडाले भोलि बिहानदेखि ७ वटा टोलीले मतगणना गर्ने व्यहोरा मतगणनास्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै जानकारी दिएका हुन् ।

मतगणना ढिलो हुनाका कारणमा गणना गर्ने स्थानको अभाव जनाउदै उपलब्ध गराइएको स्थान सीमित रहेकाले महानगरपालिको भवन प्रयोग गरिरहेको व्यहोरा खतिवडाले जानकारी गराए । नगरपालिकाले खाली भएको कोठा र उपलब्ध गराउन सक्ने स्थान उपलब्ध गराएको र उपलब्ध भएसम्म कोठामा मिलाएर मतगणना गर्ने काम भइरहेको जानकारी दिदै स्थानको अभावले गणना गर्ने ७ बाट ८ स्थान बनाउन नसकिने बताए । गणनास्थल भन्दा बाहिर लगेर गणना गर्न नियमले रोक्ने समेत जानकारी गराए ।

खटिवडाका अनुसार २०७४ सालमा १५ दिन मत गणना को समय लागेको उल्लेख गर्दै अहिले त्योभन्दा बढी मतदाता र उम्मेदवार भएको बताए। २०७४ साल को भन्दा यसपाली मतपत्र संख्या ठूलो रहेकाले गणना कार्य जटिल रहेको समेत खतिवडाले बताएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img