spot_img
Saturday, November 23, 2024
56.4 F
Washington DC.
spot_img

राष्ट्रपति जो बाइडेनले गरे बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन् । 

दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गरेका हुन् । यो वास्तवमा आवश्यकभन्दा कम भएपनि यसले जीवन बचाउने राष्ट्रपति बाइडेनले बताए ।

यूरोपमा प्रमुख कूटनीतिक शिखर सम्मेलनमा जानुअघि उनले ह्वाइट हाउसमा भने, “यो विधेयकले मैले चाहेको सबै कुरा गर्दैन, तर यसमा मैले लामो समयदेखि आह्वान गरेका कार्यहरू समावेश छन् जसले मानिसहरूको ज्यान बचाउनेछ ।”  

शनिबार बिहान हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ । उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए ।

पछिल्लो तथ्यांकअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभरि २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

८.३७ अर्बमा ‘केरा’ किनेर इतिहास रचे क्रिप्टो स्टार जस्टिन सनले

क्रिप्टो दुनियाँका स्टार जस्टिन सनले फेरि एकपटक सनसनी मच्चाएका छन्। ट्रोनका संस्थापक र बिटटोरेन्टका सीईओ सनले मौरिजियो क्याटेलनको विश्वचर्चित...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img