spot_img
Monday, September 23, 2024
66.5 F
Washington DC.
spot_img

अमेरिकाले आज स्वतन्त्रता दिवस मनाउदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाले आज स्वतन्त्रता दिवस अर्थात ‘फोर्थ अफ जुलाई’ मनाउँदै छ । हरेक वर्ष जुलाई ४ मा अमेरिकामा स्वतन्त्रता दिवस मनाइन्छ ।

सन् १७७६ जुलाई ४ मा बेलायतबाट अमेरिका स्वतन्त्र भएको अवसरमा यो दिवस मनाइने गरिएको हो । यो दिन संघीय सरकारले सार्वजनिक बिदा दिने गर्दछ।

दिवसको अवसरमा पटकाबाजी गर्ने , घुमफिर गर्ने , उत्सव मनाउने, वनभोज खाने , बार्वाक्यु गर्दै मासुका परिकार बनाएर खाने, सांगीतिक कार्यक्रम, झाँकी प्रदर्शन आदि इत्यादि गर्ने गरिन्छ। र विशेष गरी अमेरिकाका सबै राज्यमा संघीय सरकारले हर्षोल्लासका साथ विशेष कार्यक्रम सहित मनाउने गर्छ ।

यो सन्दर्भ करिब अढाई सय वर्ष अघिको हो । अमेरिकामाथि बेलायती कब्जा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहारका कारण अमेरिकीलाई बेलायती-शासन मनपरेको थिएन। यहि क्रममा सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला भए । जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित थिए । यी उपनिवेशमा बेलायत विरुद्ध लड्ने तयारी भइरहेको थियो। अनि बेलायत विरुद्ध युद्ध पनि शुरु भयो।

तस्बिर: नेपालस्थित अमेरिकी दूतावासको फेसबुकबाट

सन् १७७५ मा युद्ध चलिरहेको थियो। अमेरिकी कंग्रेसले थोमस जेफरसन र अन्य ज्ञातालाई ‘स्वतन्त्रताको घोषणा-पत्र’ तयार गर्ने जिम्मेवारी दियो। जेफरसनले घोषणा-पत्र तयार पारेपछि जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिनसहितको समितिलाई मूल्यांकन गर्न दिए । उक्त समितिले घोषणा-पत्रमा केही संशोधन गरेपछि कंग्रेसमा पढेर सुनाइयो। यी १३ उपनिवेशले स्वतन्त्रताको घोषणा-पत्र सन् १७७६ जुलाई ४ मा ग्रहण गरे ।

अमेरिकामा शुरूमा १३ राज्यहरू मात्र थिए। ती – डेलावर, पेन्सलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, मासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाईना, न्यु ह्याम्सर, भर्जिनिया, न्यु योर्क, नर्थ क्यारोलाईना र रोड आइल्याण्ड हुन् । बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने शुरुका यी १३ राज्य मात्र हुन्।

स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा एक शुभकामना सन्देश लेख्दै भनेको छ – ‘अमेरिकीहरुले जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउँछन् किनभने १७७६ मा, दोस्रो महाद्वीपमय कांग्रेसले स्वतन्त्रताको घोषणालाई स्वीकार गरेको थियो, अन्ततः १३ अङ्ग्रेजी उपनिवेशहरू संयुक्त राज्य अमेरिकामा रूपान्तरण भएका थिए । जुलाई ४, १७७६, अमेरिकीहरुको स्वतन्त्रताको लागि कडा संघर्षको समापन भएको थियो । अमेरिकाले स्वशासन र लोकतान्त्रिक शासनको अधिकारको लागि लड्ने मानिसहरूको समर्थन गर्दछ।’

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img