spot_img
Monday, September 23, 2024
66.5 F
Washington DC.
spot_img

बेलायती प्रधानमन्त्री जोनसनद्वारा राजीनामा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ दलको नेताबाट राजीनामा दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

बिहीबार एक वक्तव्य जारी गरी प्रधानमन्त्री जोन्सनले पार्टीको नेताबाट राजीनामा दिएको भन्दै कन्जर्भेटिभ पार्टीले अर्को नेता र देशले प्रधानमन्त्री नपाएसम्म आफूले यथास्थानमा रहेर सेवा गर्ने बताए ।

‘नयाँ नेता चुन्ने प्रक्रिया अब सुरु हुनुपर्छ ।’ प्रधानमन्त्री जोनसनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

पार्टीको नयाँ नेता नियुक्त नभएसम्मका लागि जोन्सन नै प्रधानमन्त्रीका रुपमा रहने बीबीसीले जनाएको छ ।

सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद् तथा उनी नेतृत्वको मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरुले जोनसनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएसँगै जोनसनमाथि पनि राजीनामा दिन दबाब उत्पन्न भएको थियो ।

यद्यपि प्रधानमन्त्री जोनसनले यसअघि आफूले राजीनामा नदिने अडान लिएका थिए ।

उनले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री टुङ्गो नलागेसम्मका लागि आफैँले प्रधानमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।

सत्तारूढ कन्जरभेटिभ पार्टीभित्रै प्रधानमन्त्री जोन्सनको विकल्प खोज्न गत महिना अविश्वासको प्रस्ताव विफल भएको थियो । एजेन्सी

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img