Thursday, April 10, 2025
56.1 F
Washington DC.

रुसी आक्रमणमा युक्रेनी धनाढ्य व्यवसायी ओलेक्सी भादातुर्स्की र उनकी पत्नीको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसी आक्रमणबाट उक्रेनका प्रख्यात एक जना व्यवसायीको मृत्यु भएको छ । युक्रेनी सञ्चारमाध्यमका अनुसार आइतबार बिहान रुसले माइकोलेभ सहरमा गरेको आक्रमणबाट युक्रेनी धनाढ्य व्यवसायी ओलेक्सी भादातुर्स्की र उनकी पत्नी राइसाको मृत्यु भएको छ।

युक्रेनी राष्ट्रपतिद्वारा प्रदान गरिने उच्च राष्ट्रिय उपाधि ‘हिरो अफ यु्क्रेन’ अवार्डबाट सम्मानित ७४ वर्षीय ओलेक्सी अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिकसमेत हुन् ।

स्थानिय मेयरका अनुसार माइकोलेभका सहरमा सबैभन्दा ठूलो बमबारी भएको थियो। बीबीसीका अनुसार माइकोलेभ सहरका प्रमुख होटेल, स्पोर्ट्स कम्प्लेक्स, विद्यालय र नागरिकका घरहरू रुसी आक्रमणबाट ध्वस्त भएका छन् ।

भिटाली किम, माइकोलेभ क्षेत्रका एक नेताका अनुसार व्यवसायी ओलेक्सीले त्यस क्षेत्रका लागि ठुलो सहयोग गरेका थिए ।

सन् २०२१ सम्मको तथ्यांकअनुसार ओलेक्सीको कुल सम्पत्ति ४ सय मिलियन डलर रहेको युक्रेनी मिडिया द किभ इन्डिपेन्डेन्टले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचारप्रति गम्भीर...

अन्य समाचार

- Advertisement -spot_img