Friday, March 6, 2026
53.4 F
Washington DC.

जर्मनीको लेगोल्याण्ड रोलरकोस्टर दुर्घटनामा दर्जनौं घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिणी जर्मनीको गुन्जबर्ग सहरमा रहेको लेगोल्याण्ड मनोरञ्जन पार्कमा बिहीबार दुईवटा रोलर कोस्टर ट्रेन एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा कम्तीमा ३१ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुको ज्यान जोखिममा नरहेको बताइएको छ ।

कम्तिमा एक व्यक्ति गम्भीर घाइते भएपनि ज्यान जोखिममा नरहेको स्थानीय मिडियाले जनाएको छ।

“फायर ड्र्यागन” रोलर कोस्टरमा घाइते हुनेहरूमा वयस्क र बच्चाहरू भएको प्रहरीले सञ्चारमाध्यमहरूलाई बताएको छ ।

घटनापछि अधिकारीहरूले तीनवटा हेलिकप्टरसहित ठूलो मात्रामा उद्धार कार्य सुरु गरेका जनाइएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मानिसहरूलाई उद्धारका लागि कम्तिमा पाँच मिटर (१६ फिट) को उचाइबाट तल लैजानुपरेको थियो।

दुईवटा रोलर कोस्टर ट्रेन एकआपसमा ठोक्किएको कारण स्पष्ट नभएको तर प्रहरीले भिडियो रेकर्डिङको समीक्षा गरिरहेको बताइएको छ ।

पार्कका अनुसार रोलर कोस्टरले २९ किलोमिटर प्रतिघण्टा (१८ माइल प्रतिघण्टा) को गतिमा यात्रा गर्छ।

२००२ मा खोलिएको लेगोल्याण्ड मनोरञ्जन पार्कमा १० थिम क्षेत्र सहित ६० भन्दा बढी अवलोकन क्षेत्र र राइड छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img