Tuesday, May 20, 2025
59.7 F
Washington DC.

अफगानिस्तानका चार सय भन्दा बढी निजी विद्यालय बन्द भएको दाबी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् ।

निजी विद्यालयको संगठनका नेता जाविहुल्लाह फुक्वानीले गरिबीका कारण अविभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिएका छन् ।

त्यसैगरी, सरकारको निर्णयअनुसार कक्षा ६ देखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको सङ्ख्या घटेको फुक्वानीको भनाइ छ ।

तालिबान सरकारका प्रमुख प्रवक्ता जाविहुल्लाह मुजाहिदले पनि धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको जनाएका छन् ।

बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दवाव अधिकारवादी, र विभिन्न अन्तर्राष्ट्रिय निकायबाट आइरहेपनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।

मुस्लिम कानुन र सरियाका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उहाँको भनाइ छ ।

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारी गर्न तथा घर बाहिर एक्लै हिड्न नपाइने व्यवस्था गरिएको छ । यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठेपनि तालिवान प्रशासनले भने अस्विकार गर्दै आएको छ । श्रोत : एजेन्सी

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img