Friday, March 6, 2026
53.4 F
Washington DC.

रहेनन कांग्रेसका नेता प्रदीप गिरी 

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ। उनी ७५ वर्षका थिए ।

क्यान्सर र निमोनियाको जटिलताका कारण तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको थियो। उनको शनिबार राति ९ बजेर ३० मिनेट जाँदा निधन भएको परिवार स्रोतले जनाएको छ ।

गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको थियो। करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि उनी नेपाल फर्किएका थिए।

नेपाल आउनासाथ क्यान्सरकै कारण विभिन्न समस्यासँगै निमोनियासमेत देखिएपछि गत साउन १० गते उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो।

गिरी कांग्रेसभित्रका बौद्धिक नेता र समाजवादी चिन्तकका रुपमा परिचित थिए। १९४७ नोभेम्बरमा जन्मेका गिरि २०१७ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए। 

नेता गिरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल र ११ः३० देखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने नेपाली कांग्रेसले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img