spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

रहेनन कांग्रेसका नेता प्रदीप गिरी 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ। उनी ७५ वर्षका थिए ।

क्यान्सर र निमोनियाको जटिलताका कारण तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको थियो। उनको शनिबार राति ९ बजेर ३० मिनेट जाँदा निधन भएको परिवार स्रोतले जनाएको छ ।

गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको थियो। करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि उनी नेपाल फर्किएका थिए।

नेपाल आउनासाथ क्यान्सरकै कारण विभिन्न समस्यासँगै निमोनियासमेत देखिएपछि गत साउन १० गते उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो।

गिरी कांग्रेसभित्रका बौद्धिक नेता र समाजवादी चिन्तकका रुपमा परिचित थिए। १९४७ नोभेम्बरमा जन्मेका गिरि २०१७ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए। 

नेता गिरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल र ११ः३० देखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने नेपाली कांग्रेसले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img