spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

चीनको सम्भावित आक्रमणको जवाफ दिन जापानले १,००० भन्दा बढी लामो दुरीका क्षेप्यास्त्र तैनाथ गर्ने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जापान सरकारले १,००० भन्दा बढी लामो दुरीका क्रुज मिसाइलहरू तैनाथ राख्न खोजिरहेको जापानको योमिउरी अखबारले जनाएको छ। चीनको सम्भावित आक्रमणको जवाफका लागि जापानले लामो दुरीको क्रुज मिसाइलहरू तैनाथ गर्न तयारी गरिरहेको खुलासा भएको हो ।

जापान सरकारले क्षेप्यास्त्रहरू मुख्यतया क्युसुबाट सानसेई टापुमा तैनाथ गर्ने योजना बनाएको छ। यसको उद्देश्य ठूलो संख्यामा ब्यालेस्टिक मिसाइलहरू तैनाथ गरी चीनसँगको दुरी कम गर्नु रहेको समाचारमा जनाइएको छ।

सरकारी स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले दिएको जानकारीअनुसार जापानले ग्राउन्ड सेल्फ डिफेन्स फोर्सले तैनाथ गरेको टाइप १२ सतहबाट जहाज निर्देशित मिसाइलको दायरा हालको १०० किलोमिटरबाट करिब १,००० किलोमिटरसम्म विस्तार गर्न काम गरिरहेको छ, जसले मिसाइललाई उत्तर कोरिया र तटीय क्षेत्रहरूमा मार हान्न सक्ने जनाइएको छ । जापानले जहाज र लडाकु विमानहरूबाट प्रहार गर्न सकिने मिसाइलहरूलाई पनि परिमार्जन गर्न खोजिरहेको समाचारमा जनाएको छ ।

पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै पूर्वी एसियामा तनाव बढिरहेको अवस्थामा जापानले लामाु दुरीको क्षेप्यास्त्र तैनाथ गर्न लागेको हो । चीनले स्वशासित शासन व्यवस्था रहेको ताइवानमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

युद्धपोत एवम् लडाकु विमानमार्फत् प्रहार गर्न सकिने ती क्षेप्यास्त्र जापानको दक्षिणी सानसेई टापुमा तैनाथ गरिनेछ । त्यहाँ तैनाथ गरिएका क्षेप्यास्त्रले उत्तर कोरिया र चीनको तटीय क्षेत्रसम्म मार हान्न सक्ने जनाइएको छ ।

समाचारका अनुसार जापानले परिमार्जित ग्राउन्ड-लञ्च गरिएको संस्करणलाई आर्थिक वर्ष २०२४ को शुरुमा नै लागू गर्ने लक्ष्य राखेको छ, जुन मूल रूपमा निर्धारित समयभन्दा करिब दुई वर्ष अगाडि छ। जापान सरकारले सतह देखि सतहको आक्रमणहरूको लागि तिनीहरूको प्रयोगलाई बढावा दिने जनाएको छ ।

यसबारे जापानको विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

जापानमा आफ्नो प्रतिरक्षाका लागि मात्र सैन्य शक्तिको प्रयोग गर्ने व्यवस्था छ ।

यद्यपि पछिल्ला केही वर्षयता जापानले आफ्नो रक्षा शक्तिलाई तीव्र गतिमा वृद्धि गरिरहेको बताइन्छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img