spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पाए तीन दिनको पूर्व गिरफ्तारी जमानत

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इस्लामावाद उच्च अदालतले सोमबार पूर्व पाकिस्तानी प्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानलाई आतंकवाद विरोधी ऐन अन्तर्गत न्यायाधीश र वरिष्ठ प्रहरी अधिकारीहरूलाई धम्की दिएको मुद्दामा तीन दिनको पूर्व गिरफ्तारी जमानत दिएको छ।

शनिबार इस्लामावादमा आयोजित एक कार्यक्रममा खानले प्रहरी र न्यायपालिकालाई धम्कि सहितको विवादास्पद अभिव्यक्ति दिएको आरोप लागेको छ ।

सम्भावित गिरफ्तारीलाई ध्यानमा राख्दै पूर्वप्रधानमन्त्री इमरान खानले आतंकवादी मुद्दामा गिरफ्तारी पूर्व जमानतको निवेदन दिएका छन् ।

इमरान खानको पूर्व गिरफ्तारी जमानत आवेदनमा सुनुवाइ भएको थियो र न्यायाधीश मोहसिन अख्तर कियानी र न्यायाधीश बाबर सत्तारले मुद्दाको सुनुवाइ गरेका थिए।

उक्त सुनुवामा इस्लामावाद उच्च अदालतले इमरान खानलाई बिहीबारसम्म पक्राउ गर्नबाट रोक्दै तीन दिनको सुरक्षा जमानत स्वीकृत गरेको छ।

इस्लामावाद उच्च अदालतले इमरान खानलाई बिहीबारसम्म सम्बन्धित अदालतमा हाजिर हुन् आदेश दिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img