Saturday, July 25, 2026
82 F
Washington DC.

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पाए तीन दिनको पूर्व गिरफ्तारी जमानत

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इस्लामावाद उच्च अदालतले सोमबार पूर्व पाकिस्तानी प्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानलाई आतंकवाद विरोधी ऐन अन्तर्गत न्यायाधीश र वरिष्ठ प्रहरी अधिकारीहरूलाई धम्की दिएको मुद्दामा तीन दिनको पूर्व गिरफ्तारी जमानत दिएको छ।

शनिबार इस्लामावादमा आयोजित एक कार्यक्रममा खानले प्रहरी र न्यायपालिकालाई धम्कि सहितको विवादास्पद अभिव्यक्ति दिएको आरोप लागेको छ ।

सम्भावित गिरफ्तारीलाई ध्यानमा राख्दै पूर्वप्रधानमन्त्री इमरान खानले आतंकवादी मुद्दामा गिरफ्तारी पूर्व जमानतको निवेदन दिएका छन् ।

इमरान खानको पूर्व गिरफ्तारी जमानत आवेदनमा सुनुवाइ भएको थियो र न्यायाधीश मोहसिन अख्तर कियानी र न्यायाधीश बाबर सत्तारले मुद्दाको सुनुवाइ गरेका थिए।

उक्त सुनुवामा इस्लामावाद उच्च अदालतले इमरान खानलाई बिहीबारसम्म पक्राउ गर्नबाट रोक्दै तीन दिनको सुरक्षा जमानत स्वीकृत गरेको छ।

इस्लामावाद उच्च अदालतले इमरान खानलाई बिहीबारसम्म सम्बन्धित अदालतमा हाजिर हुन् आदेश दिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img