Friday, April 11, 2025
46.4 F
Washington DC.

चीनमा बढ्यो कोरोना संकट : विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स बजार अस्थायी रूपमा बन्द, मेट्रो सेवा पनि बन्द

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चीनमा फेरि एक पटक कोरोनाको संक्रमण बढ्दै गएको छ । विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स बजार कोरोनाका कारण बन्द भएको छ । साथै, २४ मेट्रो स्टेशनहरू पनि बन्द गरिएको छ।

रोयटर्सको रिपोर्टका अनुसार चीनको दक्षिणी सहर सेन्जेनमा रहेको विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स बजार अस्थायी रूपमा बन्द गरिएको छ। यहाँका ३ ठूला भवन सेप्टेम्बर २ सम्म बन्द गर्न निर्देशन दिइएको छ । यी भवनहरूमा माइक्रोचिप र टेलिफोन पार्ट्स बेच्ने हजारौं पसलहरू छन्।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार अगस्ट २८ मा देशमा १ हजार ६ सय ९६ जनामा ​​कोरोना संक्रमण देखिएको छ ।

२४ मेट्रो स्टेशन बन्द
बजारसँगै २४ वटा मेट्रो स्टेशनको सेवा पनि बन्द गरिएको संचार माध्यमहरुले जनाएका छन् । संचार माध्यमहरुलाई अधिकारीहरूले भने अनुसार – आइतबार १ करोड ८० लाख जनसंख्या भएको शेन्जेनमा ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । त्यसैले सावधानीका उपायहरु अपनाइएको छ ।

सिनेमा हल बन्द रहने
फुटियान र लुओहु जिल्लामा अचानक कोरोना संक्रमित बढेका छन् । त्यसपछि प्रशासन सक्रिय भएको अधिकारीहरूले भनेका छन्। अधिकारीहरूका अनुसार सेप्टेम्बर २ सम्म यहाँ सिनेमा हल, बार-रेष्टुरेन्ट र पार्कहरू बन्द रहनेछन्। कुनै पनि प्रकारको सार्वजनिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ।

चार सयभन्दा बढी संक्रमित भेटियो
पछिल्लो समय चीनमा कोरोनाको प्रकोपका कारण हवाई सेवा र रेल सेवा बन्द भएको थियो । पर्यटकीय गन्तव्य र चीनको हवाई मानिने सान्या सहरमा ४८३ जनामा ​​कोरोना संक्रमण देखिएको थियो । यसपछि हवाई र रेल सेवा बन्द गरिएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img