spot_img
Tuesday, September 24, 2024
62 F
Washington DC.
spot_img

लिज ट्रस बन्ने भइन् बेलायतकी नयाँ प्रधानमन्त्री

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कन्जरभेटिभ पार्टीको नयाँ नेतामा लिज ट्रस निर्वाचित भएको र बेलायतको नयाँ प्रधानमन्त्री हुने पार्टीका अधिकारीहरूले सोमबार घोषणा गरेका छन्। विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो ।

पूर्व अर्थमन्त्री ऋषि सुनाकलाई पराजित गरेर विदेशमन्त्री लिज ट्रस पार्टी नेतामा चुनिएकी हुन्। सुनाक विरुद्ध ६ साता लामो अभियान चलाएपछि वर्तमान विदेश सचिव ट्रसलाई सत्तारुढ दलका सदस्यहरूले देशको नेतृत्व गर्ने जनादेश दिएका हुन् ।

यो जितसँगै बेलायतको इतिहासमा ४७ वर्षीया ट्रस प्रधानमन्त्री बन्ने तेस्रो बेलायती महिला बनेकी छन्। यसअघि मार्गेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री बनेका थिए।

ट्रसले बोरिस जोनसनबाट पदभार ग्रहण गर्नेछीन । सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सन जुलाई मध्यतिर कोभिड नियम उल्लंघनलगायत विभिन्न विवादमा तानिएका थिए । उनको कार्यशैलीविरुद्ध क्याबिनेट मन्त्रीहरुले विद्रोह गरी राजीनामा दिए पछि जुलाईमा जोनसनले प्रधानमन्त्रीबाट राजीनामाको घोषणा गरेका थिए ।

जोन्सन सन् २०१९ को जुलाइ २४ मा प्रधानमन्त्री निर्वाचित भएका थिए । उनी १३ जुलाई २०१६ देखि ९ जुलाइ २०१८ सम्म विदेशमन्त्री बने । सन् २०१५ मेमा अक्सब्रिज एन्ड साउथ रइसलिप क्षेत्रबाट सांसद निर्वाचित जोन्सन त्यसअघि जुन २००१ देखि जुन २००८ सम्म हेन्लीबाट सांसद बनेका थिए । उनी लन्डनका पूर्वमेयर पनि हुन् ।

ट्रस र जोनसन मङ्गलबार स्कटल्याण्ड जाने भएका छन् र सत्ताको आधिकारिक हस्तान्तरणको लागि महारानी एलिजाबेथ द्वितीयलाई भेटने छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img