Wednesday, April 9, 2025
52.2 F
Washington DC.

केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालको सिरिज ३–० ले क्लिन स्वीप

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तीन खेलको एकदिवसीय सिरिजमा नेपालले घरेलु टोली केन्याविरुद्धको तीन वटै खेल जितेर क्लिन स्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार उक्त खेल खेलीएको थियो।

यससँगै नेपालले सिरिज ३–० ले जितेको छ ।

यसअघिको पहिलो खेलमा नेपाल सात विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो । केन्याले दिएको दुई सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४७.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका तर्फ बाट जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धसतकीय इनिङ्स खेलेका थिए । अर्जुनले ५८, आसिफले ५६ र वसिरले अविजित ५२ रन बनाए । कप्तान रोहित पौडेलले अविजित ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए भने बलिङमा केन्याका भिराज पटेल, सेम एन्गोचे र याश तालातीले एक एक विकेट लिएका थिए ।

केन्याले टस जितेर पहिले ब्याटिङ गरेको निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रन, लुकास एनडानडासनले अविजित ५९, सुखदिप सिंहले ३७, इमानुएल बुन्डीले २३ र कप्तान शेम एनगोचे १७ रन बनाएका थिए ।

नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई दुई विकेट लिएका थिए भने वसिर अहमद र साहब आलमले एक एक विकेट लिएका थिए । यसअघि नेपालले केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज पनि ३–२ ले जितेको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका...

अन्य समाचार

- Advertisement -spot_img